back
CTIZAN AD

कांग्रेसको प्रश्न-गृहमन्त्रीज्यू, के अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ?

वि.सं.२०८० भदौ २१ बिहीवार

720 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको बारेमा सरकारले गहिरो छानविन गर्न माग गरेका छन् ।

बिहीबारको संविधान सभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै काठमाडौंमा एक्लै हिँड्न नहुने अवस्था आएको हो भन्ने प्रश्न समेत गरेका छन् ।

उनले सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ । तर, एउटा संन्काहाले सन्केर हान्यो भन्ने भाष्य निर्माण गरेर थामथुम पार्न खोजिदैछ,’ उनले भने, म नेपाली कांग्रेसको तर्फबाट सरकारको ध्यानाकर्षण गराउँछु, सरकारले यसबारेमा गहिरो अनुसन्धान गरोस
।’
उनले काठमाडौंमा संविधान सभा सदस्यमाथि सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा व्यक्ति सुरक्षित हुँदैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नुपर्छ कि पर्दैन भनेर प्रश्न समेत गरेका थिए ।

थापाले भने– ‘कोही जलाई दिन्छु भन्ने र कोही खुकुरी हान्ने, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ? प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँ ठाउँमा यसलाई छाडिने छैन । यस्तो गरिने छ भन्ने तर जिम्मा लिएकोले धेरै बोल्ने होइन, काम गर्ने हो । हामी परिणाममा हेर्न चाहान्छौं ।’
उनले यस्ता अराजकताका घटनाले नेपाली समाजले ठूलो मूल्य चुकाउनु पर्ने अवस्था आउने सक्ने समेत बताए ।

त्यसैगरी कान्तिबाल अस्पतालमा उपचारका लागि लाइनमा बस्दा बस्दै पाँच वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै अत्यावस्यक सेवा लिनेहरुले लाइनमा बस्नुपर्ने कुनै नियम नभएको बताए । उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी संसदलाई जानकारी गराउनुपर्ने समेत ध्यानाकर्षण गराए ।

 

वि.सं.२०८० भदौ २१ बिहीवार १३:४३ मा प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

प्रधानमन्त्री बालेनद्वारा राज्यका सबै सुरक्षा तथा प्रशासनिक संयन्त्र उच्च सतर्कतामा रहेको जानकारी

काठमाडौं, साउन १५। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सुनसरीसहित मधेश प्रदेशका...

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई...

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौँ । विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता,...

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

प्रधानमन्त्री शाहद्वारा मधेस केन्द्रित सांसदसँग छलफल जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्नुहुने...

कालिकालाई चढाइयो खिर

कालिकालाई चढाइयो खिर

गण्डकी । आज साउन १५ अर्थात् खिर दिवस । यस...

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक : नेताहरू

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको...