काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजारमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम गरेको छ ।
वि.सं.२०८० भदौ २१ बिहीवार १३:४२ मा प्रकाशित



























