back
CTIZAN AD

सन्राइजको शाखा झापाको बुधबारेमा

वि.सं.२०७४ वैशाख ११ सोमवार

825 

shares

sunrise-bank
११, काठमाण्डौं,बैशाख । सन्राइज बैंक लिमिटेडले बुद्घशान्ति गा.वि.स., वडा नं–३, बुधबारे, झापामा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन मिति २०७४/०१/१० गते आइतबारका दिन एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा उद्योग बाणिज्य संघका झापा उपशाखा बुधबारेका अध्यक्ष गोविन्द पौडेल र बैंकका नायव महाप्रबन्धक रविन नेपालले संयुक्त रूपमा गर्नुभयो ।

बैंकले अत्याधुनिक बैंकिङ्ग सेवाहरु बुधबारे तथा आसपासका क्षेत्रहरुका ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले उक्त शाखा स्थापना गरेकोे हो । सो शाखाबाट ग्राहकहरुलाई लकर (Safe Deposit Locker) सेवा समेत उपलब्ध गराइएको छ । नयाँ शाखा उद्घाटनको अवसरमा बैंकको सो शाखामा एक महिनाको लागि लकरको वार्षिक भाडा दरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

हाल सन्राइज बैंक लिमिटेडले नेपाल अधिराज्यभर ६्९ वटा शाखा र ७८ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन.काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् । बैंकले निकट भविष्यमा काठमाण्डौंको कालिकास्थान(घट्टेकुलो), सुर्खेतको विरेन्द्रनगर तथा मकवानपुरको हेटौडामा शाखा स्थापना गर्ने बताएको छ ।

वि.सं.२०७४ वैशाख ११ सोमवार ०६:०६ मा प्रकाशित

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

यस्तो छ आजको बजारमा समितिले तोकेको तरकारीको थोक मूल्य !

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...