back
CTIZAN AD

मिथिलाक्षेत्रमा आज तीनवटा पर्व एकसाथ मनाइँदै

वि.सं.२०८० असोज १ सोमवार

1.5K 

shares

महोत्तरी । मधेसको प्राचीन मिथिलाक्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइँदैछन् । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजनोत्सव तथा चन्द्रमासको भदौ शुक्ल तृतीया र चौथीका दिन मनाइने क्रमशः तीज र लोकआस्थाको पर्व चौरचण्ठ (चौरचन, चौठीचान) तिथिको भोग घटबढले आज एकै दिन परेको हो ।

सङ्क्रान्ति गणनाले मनाइने विश्वकर्मा पूजनोत्सव सौरमास परम्पराको पर्व हो । आज असोज सङ्क्रान्ति परेको हुँदा मिथिलाक्षेत्रमा उल्लासका साथ यो पर्व मनाइँदैछ ।

भदौ शुक्ल त्रितीयाका दिन मनाइने नेपाली नारीको महान पर्व तिज पनि आजै मनाइँदैछ । मध्यरातदेखि पूर्ण एकदिन व्रत गरिने यो पर्व गएमध्यरात अघि नै तृतीया तिथि टेकेपछि हिजोे दर खाएका हिन्दू नारी आज निराहार व्रतमा छन् । यो व्रत भोलि मङ्गलबार बिहान सूर्योदयसँगै समापन गर्ने ब्रतालुको तयारी छ ।

भदौ शुक्ल चौथीको चन्द्रदर्शन गरिने चौरचन पर्व पनि आजै मनाइने तयारी छ । तृतीया तिथिमा एक अहोरात्र गरिने तिज पर्व र चौथी तिथिको चन्द्रदर्शन तिथिको भोग घटबढले आज एकै दिन परेको कर्मकाण्डका ज्ञाता बताउँछन् ।

“हिजो आइतबार बिहान साढे नौ बजेअघि नै तृतीया लागेको हो, तर एक अहोरात्र र चौथी टेक्दो तीज व्रतको परम्पराले यो पर्व आज मनाइएको हो”, कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्छन् , “यस्तै आज सोमबार बिहान पनि साढे नौ बजेअघि नै चौथी लागेपछि यो तिथिको चन्द्र दर्शन आजै गर्नुपर्ने भएको हो ।”

चौरचन पर्वमा चौथीकै चन्द्रदर्शन र आराधनाको व्रत विधान रहेको र चौथी तिथिको चन्द्रोदय आजै हुनेहुँदा यसपालि तिज व्रत र चौरचन एकै दिन परेको झाको भनाइ छ । चौरचन पर्वमा गाईको गोबरले लिपेर बनाइएको आँगन माझमा अरिपन (चामलको पिठोको लेदो) मा बनाइएको चतुष्कोण वेदीमा दीप प्रज्वलित गर्दै ब्रतालुले फलपूmल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलपूmल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद ख्वाएपछि चौरचन पर्व सम्पन्न गरिन्छ ।

हिन्दू मैथिल परम्परामा भाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन घरमुली महिलाले दिनभर निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलपूmल देखाएर दोष मेट्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाता बताउँछन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व चन्द्र उदयको गणनाले चौथी पर्ने दिन मनाइने चलन रहेको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिले बताए ।

भाद्र शुक्ल चौथीमा विधिपूर्वकको चन्द्रदर्शनले झूठो अवगाल कहिल्यै नलाग्ने, मित्रहरु बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शितलता प्राप्त हुने जनविश्वास छ । द्वापर युगमा सत्राजित परिवारको श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ‘बात’ लागेको र श्रीकृष्णले अवगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमदभागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ । त्यसै बेलादेखि चोरचन पर्व परम्परा चलेको विश्वास गरिन्छ ।

मैथिल परम्परामा चन्द्र दोष मेटाउने यो पर्व अब मधेसमा बस्ने पहाडी मूलका हिन्दूले पनि बाक्लै मनाउन थालेका छन् । त्यसैगरी तिज व्रत लिने मिथिलानी (मिथिलाका नारी) को सङ्ख्या पनि उल्लेख्य देखिन्छ ।

 

वि.सं.२०८० असोज १ सोमवार १३:५२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...