back
CTIZAN AD

वैदेशिक रोजगारीका पीडा आउन थाले तीजका गीतमा

वि.सं.२०८० असोज १ सोमवार

762 

shares

कृष्ण आचार्य, भरतपुर,(चितवन) । ‘घरमा एक्लै छाडेर बुढा बाबा आमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरु आइतबार यो गीत गाउँदै नाचिरहेका थिए । उनीहरुले गाएको यो गीतले नेपालको पछिल्लो वास्तविकतालाई चित्रण गरेको थियो ।

पछिल्लो समय गाउँघरमा विदेश गएका छोराछोरीको सम्झनामा तिज गित गाउने गरेको सुनिन्छ । पहिले पहिले गित मार्फत सासु बहुारीका वेदना पोख्ने महिलाहरुले अहिले छोरा–छोरी र आफन्त विदेशिएको कुरा गितमार्फत प्रस्तुत गर्ने गरेका छन् ।

‘न त कुनै कलकारखाना न त कुनै रोजगार
युवा जति विदेश हिँडे के हो सरकार’

महिलाहरुले विदेशिनुको कारण यसरी गीतमार्फत प्रस्तुत गरे । उनीहरुले सरकारलाई प्रश्न गर्दै युवा विदेश जाँदाको पिडा घर परिवार र समुदायलाई हुने गरेको सुनाए । देशका कलकारखाना बन्द हुँदा युवा विदेश पलायन हुनुपरेको महिलाहरुको गीतमा उल्लेख थियो ।

भरतपुर–११ की सुशिला सापकोटा आफ्नो टोलछिमेकमा भएका गतिविधिलाई गीतमार्फत प्रस्तुत गरिएको बताए । उनले भने, “दिदीबहिनी जम्मा भएर यसरी भाका मिलाएर गाउँदाको आनन्द नै बेग्लै छ, यसले मनका पिर व्यथा पोख्न र साटासाट गर्न सहयोग पु¥याउँछ ।” उनले भाका मिलाएर गाउँदा नाच्दा आफ्नो सृजनात्मक क्षमतासमेत बढ्ने बताए । आफुहरुले गाएको गीत नेपाली समाजको साझा समस्या भएको उनको भनाइ छ ।

‘दुःख सुःख गरेर बाह्र क्लास पढाइयो
कलिलो उमेरमा प्लेन चढाइयो’

अहिले कक्षा १२ पास नहुँदै कलिलो उमेरमा युवायुवती विदेशीने गरेको तितो अनुभव हाम्रो समाजमा छ । भरतपुर–१० की सविता अधिकारी वैदेशिक रोजगारीले पारिवारिक रुपमा बिछोड गराएको भन्दै हरेक घर परिवार समस्यामा रहेको बताए । उनले राज्यले युवाहरुलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै यस्तै अवस्था रहिरहे देश युवा बिहिन हुने बताए ।

‘एउटा छोरा एउटा छोरी सानो सुखी परिवार
पकाउनै मन लाग्दैन मिठो परिकार’

धेरै घरपरिवारमा सबै सदस्य नहुँदा चाडपर्व पहिलेजस्तो रमाइलो नभएको महिलाहरुको अनुभव छ । चितवनको रत्ननगर नगरपालिका–८ की सिता पौडेल दिदी बहिनीहरु विदेश हुँदा पहिलेजस्तो रमाइलो हुन छाडेको बताउछन् । उनले भने, “पहिले घरैभरी मान्छे हुन्थे, चाडपर्व आउना साथ मन खुसी हुन्थ्यो, अहिले त्यो अवस्था छैन ।” देशमा सुशासन कायम गरेर सबै परिवारसँगै हुने वातावरण बनाउनुपर्ने उनी बताउँछन् ।

‘उच्च शिक्षा हासिल गरी नाम तिम्ले कमाउ
नेपालमा केही गर्ने लक्ष्य बोकी आउ’

तिजका गीतमार्फत महिलाहरुले विदेश गएपछि उच्च शिक्षा अध्ययन गरेर नेपालमै फर्कन सुझाव दिन्छन् । महिलाहरुले वैदेशिक रोजगारीको पिडासँगै बढ्दो महङ्गीले घरव्यवहार चलाउनेलाई समस्या परेको गीत मार्फत प्रस्तुत गरे ।

‘महङगीले आकाश छोयो यति मन रुँदैन
हजार लेर बजार गयो एक छाक हुँदैन’

पछिल्लो सयम ‘साउण्ड सिस्टम’ प्रयोग गरेर तिजका गित गाउने प्रचलन रहिररेका बेला कतिपय ठाउँमा महिलाहरु आफ्नो संस्कार संस्कृति संरक्षणमा निरन्तर लागिरहेका छन् । उनीहरु भड्किलो तरिकाले नाचगान गर्नेभन्दा पनि आफ्नै समाजका भोगाइ गीतमार्फत प्रस्तुत गरिरहेका छन् । शिक्षाविद् रमाकान्त सापकोटा तिजका गीतमा सधै समाजको यथार्थ झल्कने गरेको बताउछन् ।

“कुनैबेला श्रीमान मरेपछि सती जाने परम्परा रहेको समाजमा त्यही खालको गीत गाइने गरेको थियो”, उनले भने, “देउरानी, जेठानी र सासु बुहारीका कथा हुँदै अहिले वैदेशिक रोजगारीका कुरासम्म तिजका गीतमा आउने गरेका छन् ।” उहाँले महिलाहरुले सधै सामाजिक मुद्धा उठाउने गरेको भन्दै त्यसले समाजको यथार्थ चित्रण गर्ने गरेको अनुभव रहेको सुनाए ।

“देशमा राजनीतिक परिवर्तन भएपछि सामाजिक रुपमा पनि ठूलो परिवर्तनको अपेक्षा नागरिकमा थियो, त्यो परिवर्तन नदेखिएपछि युवापुस्ता विदेश लागे, यहाँ बस्नेहरुले विछोडका गीत गाउनु स्वभाविक हो”, उनले भने, ‘भ्रष्टाचार र समाजको व्यतिथिका विरुद्ध तिज गीतमार्फत महिलाहरुले सधै आवाज उठाउनुपर्ने सापकोटा बताउँछन् ।

वि.सं.२०८० असोज १ सोमवार १४:०२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...