
प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएन) को अभियानमा बिगत १४ वर्षदेखी निरन्तर विभिन्न नेतृत्वमा रहेर जिÞम्मेवारी सम्हाल्दै आएका शंशाक शर्माले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी अक्टोबर १७ तारिखमा हुने ११ औ महाधिवेशनका लागि शर्माले उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए बेलायतको निर्वाचित सहकोषाअध्यक्ष र प्रवक्ता रहेर २०२१–२०२३ को सफलतापूर्वक काम गरिसकेका शर्माले एनआरएनए बाहेक विभिन्न सामाजिक संघ संस्थामा आबद्व रहेकहा छन् । युरोपको नेपाली समाजवीच चिर परिचित अनि बौद्धिक व्यक्तित्व शर्मा विश्व हिन्दू युवा संघका युरोप संयोजक तथा युवाउद्यमी हुन ।
एनआरएनए अभियानमा निरन्तर सक्रिय रहदै आएका शर्मा बिश्वभरी छरिएर रहेका नेपालीबीच एनआरएनएलाई कसरी दीगो र सँस्थागत गर्न सकिन्छ भन्दै लागि परेका व्यक्तित्व हुन् । ‘नेपाली द्वारा नेपालीका लागि’ भन्ने मूल मर्म र भावना अनुरुप आफनो उम्मेदवारी अनिवार्य रहेको शर्माले दाबी गरेका छन् ।
गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै युवा पुस्ताको व्यापक सहभागिता गराई विगतमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई बिश्वभरी छरिएर रहेका नेपालीहरुमा संस्थाको दीगो विकासका लागि खर्चिने प्रतिवद्धता समेत शर्माले व्यक्त गरेका छन् ।
आफनो चुनाबी प्रचारको क्रममा युरोपमा शर्माले सबै एनआरएनए डेलिगेटसहरुबाट युरोप उपसंयोजक पदमा आफुलाई समर्थन र भोट दिन अपील समेत गरेका छन् ।
हाल पारित भएको एनआरएनए नागरिकताको निरन्तरता, व्यापक महिलाको सहभागिता केही अन्यौलमा रहेका महत्वपूर्ण मुद्दाहरुलाई केन्द्रीय कार्यसमितिमा लगी छलफल गर्ने संघको विधान र पद्वत्ति प्रति सचेत रही निरन्तर लाग्ने शर्माको भनाई छ ।
वि.सं.२०८० असोज ८ सोमवार १३:३२ मा प्रकाशित