back
CTIZAN AD

शर्माद्वारा एनआरएनए यूरोप उपसंयोजकमा उम्मेदवारी घोषणा

वि.सं.२०८० असोज ८ सोमवार

1K 

shares

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएन) को अभियानमा बिगत १४ वर्षदेखी निरन्तर विभिन्न नेतृत्वमा रहेर जिÞम्मेवारी सम्हाल्दै आएका शंशाक शर्माले युरोप उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी अक्टोबर १७ तारिखमा हुने ११ औ महाधिवेशनका लागि शर्माले उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
एनआरएनए बेलायतको निर्वाचित सहकोषाअध्यक्ष र प्रवक्ता रहेर २०२१–२०२३ को सफलतापूर्वक काम गरिसकेका शर्माले एनआरएनए बाहेक विभिन्न सामाजिक संघ संस्थामा आबद्व रहेकहा छन् । युरोपको नेपाली समाजवीच चिर परिचित अनि बौद्धिक व्यक्तित्व शर्मा विश्व हिन्दू युवा संघका युरोप संयोजक तथा युवाउद्यमी हुन ।

एनआरएनए अभियानमा निरन्तर सक्रिय रहदै आएका शर्मा बिश्वभरी छरिएर रहेका नेपालीबीच एनआरएनएलाई कसरी दीगो र सँस्थागत गर्न सकिन्छ भन्दै लागि परेका व्यक्तित्व हुन् । ‘नेपाली द्वारा नेपालीका लागि’ भन्ने मूल मर्म र भावना अनुरुप आफनो उम्मेदवारी अनिवार्य रहेको शर्माले दाबी गरेका छन् ।

गैरआवासीय नेपाली संघले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै युवा पुस्ताको व्यापक सहभागिता गराई विगतमा प्राप्त गरेको ऐतिहासिक सफलता, सीप, क्षमता तथा अनुभवलाई बिश्वभरी छरिएर रहेका नेपालीहरुमा संस्थाको दीगो विकासका लागि खर्चिने प्रतिवद्धता समेत शर्माले व्यक्त गरेका छन् ।
आफनो चुनाबी प्रचारको क्रममा युरोपमा शर्माले सबै एनआरएनए डेलिगेटसहरुबाट युरोप उपसंयोजक पदमा आफुलाई समर्थन र भोट दिन अपील समेत गरेका छन् ।
हाल पारित भएको एनआरएनए नागरिकताको निरन्तरता, व्यापक महिलाको सहभागिता केही अन्यौलमा रहेका महत्वपूर्ण मुद्दाहरुलाई केन्द्रीय कार्यसमितिमा लगी छलफल गर्ने संघको विधान र पद्वत्ति प्रति सचेत रही निरन्तर लाग्ने शर्माको भनाई छ ।

 

वि.सं.२०८० असोज ८ सोमवार १३:३२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...