
काठमाडौं । सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुटवलको लोक सुशीला मोटर प्रा. लि र भरतपुरको युनाइटेड अटो कन्सर्न प्रा. लिसँगको सहकार्यमा उक्त दुई शोरुम सञ्चालनमा ल्याएको हो ।
कम्पनीले ग्राहकहरुलाई विशेष उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिवद्धतासहित उक्त शोरुम सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार बुटवल र चितवनका शोरुमहरुमा एन-१००, ई-१००, ई-११०एल र ई-१२५ मोडलहरु सहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ ।
सेगवेले चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरहरुको साथ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले उद्घाटन अफर अन्तर्गत यी शोरुमहरुमा सेगवे ई-स्कूटरहरुको मूल्य तोकेको छ ।
कम्पनीका अनुसार यी शोरुमहरुबाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको फाइदा लिन सक्नेछन् । ग्राहकहरुले कुनै अवरोध बिना आफ्नो व्यक्तिगत यातायात साधनहरूको आनन्द लिन सकुन् भन्ने उद्देश्यले कम्पनीले शोरुममा विभिन्न सेवाहरु उपलब्ध गराएको हो ।
शोरूमका आगन्तुकहरूले जानकार कर्मचारीहरूबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटरहरू, व्यक्तिगत ट्रान्सपोर्टरहरू, र अन्य मौलिक साधनहरूको टेस्ट-ड्राइभ गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । यी शोरुमहरूको सञ्चालनसँगै आईहब प्रा.लि. ले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनलाई थप प्रवर्द्धन गर्दै ग्राहकहरुलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिवद्धता कम्पनीले जनाएको छ ।
वि.सं.२०८० असोज ९ मंगलवार १४:३४ मा प्रकाशित