back
CTIZAN AD

गैर बैंकिङ्ग सम्पत्ति बेच्दै राष्ट्रिय वाणिज्य बैंक

वि.सं.२०८० असोज १० बुधवार

1.3K 

shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कबि साढे ७ करोड रुपैयाँ बराबरको गैर बैंकिङ्ग सम्पत्तिहरु जग्गा बिक्री गर्ने भएको हो ।

बैंकको शाखा कार्यालय अत्तरिया र गौरको नाममा रहेको ७ करोड ३५ लाख रुपैयाँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको अत्तरिया शाखा अन्तर्गत कैलालीका विभिन्न ठाउँको जग्गा बिक्रीमा राखेको हो । कैलालीको टिकापुर, चौमाला, भजनी, मसुरीया र हसुलिया लगायतका ठाउँमा रहेको ७ करोड १४ लाख ३६ हजार रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने भएको हो ।

त्यस्तै, गौर शाखा अन्तर्गत गौर नगरपालिका वडानम्बर ३ र ८ का विभिन्न स्थानमा रहेको २० लाख ७० हजार रुपैयाँ बराबरको जग्गा बिक्री गर्ने बैंकले जनाएको छ । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।

वि.सं.२०८० असोज १० बुधवार १२:५२ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...