back
CTIZAN AD

के भयो त सहमति अभियन्ता ई : र काठमाडौं महानगरपालिका बीच ?

वि.सं.२०८० असोज ११ बिहीवार

921 

shares

काठमाडौं । काठमाडौं महानगरपालिका र नौ दिनदेखि आन्दोलनरत अभियन्ता ःइबीच सहमति भएको छ ।

फुटपाथ व्यवसायीलाई विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि उभिएर आन्दोलन गरिरहेका अभियन्ता इःबीच बुधबार ४ बुँदे सहमति भएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार दुवैपक्षबीच बुधबार बेलुका भएको उक्त सम्झौतामा फुटपाथ व्यापारीको जफत गरिएको समान फिर्ता दिने, सातदिनभित्र तोकिएको स्थानमा खोजेर हाललाई पसल राख्न दिने, विज्ञ टोली गठन गरेर उचित स्थानको खोजी गर्ने लगायतको सहमति भएसँगै अभियन्ताहरु आन्दोलन फिर्ता लिन तयार भएका हुन् ।

यसैबीचमा काठमाडौं महानगरपालिका मेयर बालेन शाहले फुटपाथ व्यापारीलाई आफुले चाहेर पनि केही गर्न नसक्ने बताएका छन् । उनले भनेका छन् ‘फुटपाथ बाहेक अन्य कुनै ठाउँमा मिल्छ कि भन्ने प्रसंगमा खाली ठाउजस्तो देखिने सार्वजनिक जग्गा व्यापार गर्न मेयरले मात्र होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदले पनि अहिलेका ऐनकानुन टेकेर दिन मिल्दैन । निजी जग्गाहरुमा त अहिले पनि सामूहिक बजारको अभ्यास भइरहेकै छ । काठमाडौँले नेपाल सरकारसँग मिलेर फुटपाथ व्यापारीहरुलाई व्यवस्थापन गर्न भृकुटी मण्डपमा कोशिस गरेकै हो । तर त्यसले फुटपाथ खाली भएन । समस्याको समाधान गरेन ।’

वि.सं.२०८० असोज ११ बिहीवार १२:५९ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...