back
CTIZAN AD

तारा अधिकारीको ‘संयोग’ सार्वजनिक (भिडियोसहित )

वि.सं.२०८० असोज ११ बिहीवार

1.3K 

shares

काठमाडौं । गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग’ भन्दै पिरतीलाई…’को भिडियो सार्वजनिक भएको छ ।

सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै गरेकी छन् । भिडियोकोे छाँयांकन भने शिव ढकाल गरेका छन् र सम्पादन गर्ने काम नहकुल खड्काले गरेका छन् ।

सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा सत्यराज आचार्यलाई फिचरिङ गरिएको छ । उनलाई लाइभ म्युजिकका साथमा गीत प्रस्तुत गरि राखेको देख्न सकिन्छ ।

गीतकार अधिकारीले यो गीतलाई केही समय अघि नै तयार गरेकी थिइन् । ‘समय नमिलेका कारण दर्शक श्रोतामाझ ल्याउन सकेकी थिइन् । अहिले बल्ल आएर सार्वजनिक गरेको छु । आशा छ सबैले मन पराउनुहुनेछ’–गीतकार तथा निर्देशक अधिकारीले बताईन् ।

गीतकार अधिकारीले निर्देशन गरेको यो चौंथो भिडियो हो । उनी गीत लेखनका साथमा निर्देशनमा पनि अब्बल हुने तयारीमा छिन् ।

भिडियोको लिंक
https://www.youtube.com/watch?v=LNy5qhdvxOc

वि.सं.२०८० असोज ११ बिहीवार १३:०० मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...