back
CTIZAN AD

सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठक, के के भए निर्णय ?

वि.सं.२०८० असोज १८ बिहीवार

1K 

shares

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको बिहीबार बसेको पहिलो बैठकले विभिन्न निर्ण गरेको छ ।

गृह मन्त्रालयको पुरानो भवनको परिसरस्थित कार्यालयमा बसेको आयोगको पहिलो बैठकको निर्णय नम्बर १ र २ मा आयोगको नाम ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८०, नाममा साइनबोर्ड राख्ने, सोही नाममा लेटरप्याड तयार गर्ने, इमेल कायम गर्ने र वेवसाइट समेत बनाउने जनााइएको छ ।

त्यसैगरी निर्णय नम्बर ३ मा आयोगको कामकारबाही सम्बन्धमा आवस्यकताअनुसार संचार सम्पर्कको कार्य एवं सूचना संप्रेषणको कार्य आयोगका अध्यक्ष डिल्लीराज आचार्यको फोन नम्बर ९८४९०३६१७१ र आधिकारीक इमेलमार्फत गर्ने गराउने रहेको छ ।

त्यसैगरी संचार सम्पर्क र सूचना प्राप्तिको थप सहजताका लागि मौखिक रुपमा वा आयोगको वेवसाइट, फेसबुक तथा ट्विटर लगायतका माध्यममा आयोागको कार्यक्षेत्रसँग सम्बन्धीत सूचनाहरु संप्रेषण, सुझाव एवं स्वस्थ्य प्रतिक्रिया प्राप्त गर्ने गराउने व्यवस्था अविलम्व मिलाउने बताइएको छ ।

त्यस्तै पाँचौ नम्बरमा आयोगको कार्यक्षेत्रसँग सम्बन्धीत निम्न विषयमा तथ्यगत जानकारी तथा सुझावका लागि २०८० कार्तिक १६ गतेभित्रको समयसीमा निर्धारण गरी संचारमाध्यमबाट सार्वजनिक सूचना प्रकाशन गर्ने रहेको छ ।

आयोगले ब्रेक शुमा राखी गरिएको तथा लगायत पटक–पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने असर सम्बन्धमा, सुनको अवैध पैठारी सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक–पटक भएका सुन तस्करी सम्बन्धी छानविन तथा अध्ययन प्रतिवदेनका अन्तरवस्तु, निष्कर्ष तथा त्यसको प्रभाव सम्बन्धमा सूचना आव्हान गरेको छ ।

त्यसैगरी सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करी –अपराध) को दायरा सम्बन्धमा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता र थप अनुसन्धानका सम्बन्धमा, सुनको अवैद्य पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यािियक फैसला वा अन्तिम आदेशका सम्बन्धमा तथा तोकिएको जिम्मेवारी निर्वाहको सम्बन्ध्मा आयोगलाई सहजीकरण वा सहयोगी हुने जनाइएको छ ।

 

 

 

वि.सं.२०८० असोज १८ बिहीवार १४:४९ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...