back
CTIZAN AD

सीमा नाका टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा

वि.सं.२०८० असोज १८ बिहीवार

1.2K 

shares

काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत् टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो ।

असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत् फोन गर्न सक्ने भएका छन् । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पु¥याएको थियो । पहिले सो क्षेत्रमा भिस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ।

यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने कम्पनीले जनाएको छ । करिब ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ ।

त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ । नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो ।

 

वि.सं.२०८० असोज १८ बिहीवार १४:३७ मा प्रकाशित

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...