back
CTIZAN AD

एभरेष्ट बैंकले टायल्स तथा सेरामिक्स उत्पादनमा लगानी गर्ने

वि.सं.२०८० असोज १८ बिहीवार

966 

shares

कठमाडौं । एभरेष्ट बैंकले टायल्स तथा सेरामिक्स उत्पादनमा लगानी गर्ने भएको छ ।

बैंकको अगुवाईमा कजरिया रमेश टायल्स लिमिटेडमा लगानी गर्न लागेको हो । यस सम्बन्धमा सह–वित्तियकरण कार्यक्रममा सहभागी बैंकहरुबिच वित्तिय सहजिकरण गर्ने कार्य सम्पन्न भएको छ ।

कार्यक्रममा अगुवा बैंकको तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा रमेश क्रपका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले एक कार्यक्रमका बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा सह–वित्तियकरणका अन्य सदस्य बैंकहरु नबिल बैंक, नेपाल एसविआइ बैंक र प्रभु बैंकका प्रतिनिधिको पनि उपस्थिति थियो ।

नेपाललाई टायल्स उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नवलपरासीमा रहेको प्लान्टबाट उत्पादन हुने टायल्सको कुल लागत रु. चार अर्ब रहेको छ । उक्त रकम मध्ये सह–वित्तियकरण अन्तर्गत तीन अर्ब रुपैंयाँ लगानी रहनेछ ।

विश्वको ७ औं ठूलो टायल्स उत्पादक कम्पनी कजरिया सेरामिक्स भारतको संयुक्त लगानी रहेको कजरिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तिरीय टायल्स तथा सेरामिक्सको उत्पादन गर्नेछ । त्यहाँ उत्पादन गर्ने बस्तुहरु अन्तराष्ट्रिय मापदण्ड बमोजिम गुणस्तिरीय हुने कम्पनीले जनाएको छ ।

आगामी वर्षको मार्चबाट उत्पादन सुरु हुने सो परियोजनाले आयत प्रतिस्थापन गर्न महत्वपूर्ण योगदान दिने जनाईएको छ ।

स्थापनाकालदेखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाटसमेत सेवा दिदै आइरहेको छ ।

वि.सं.२०८० असोज १८ बिहीवार १६:४८ मा प्रकाशित

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि आइएमई ग्रुपले १० करोड सहयोग गर्ने

काठमाडौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर

काठमाडौं । १८औँ नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...