काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र हाम्रो बजार डटकमविच नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
नाडाको सचिवालय टेकुमा अशोज १८ गते नाडा र हाम्रो बजार डटकमविच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने विषयमा सम्झौता भएको हो ।
उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे नाडा डट हाम्रोबजारडटकम मार्फत दैनिक रुपमा प्रसारण गर्ने जनाइएको छ ।
उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रवन्धक सागर के.सीले हस्ताक्षर गरेका थिए ।
वि.सं.२०८० असोज १९ शुक्रवार ११:५४ मा प्रकाशित






























