back
CTIZAN AD

महानगरले खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने, सिङमा हरियो रङ लगाइएको मात्र खरिद गर्न आग्रह

वि.सं.२०८० असोज १९ शुक्रवार

1.3K 

shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी २३ गतेदेखि दसैँ लक्षित खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । कामपाले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो ।

कामपाले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वाथ्य परीक्षण गर्ने तयारी गरेको छ । अनुगमन समितिको संयोजकसमेत रहेकी सुनिता डङ्गोललको संयोजकत्वमा कामपा कृृषि तथा पशुपन्छी विभाग, पशु चिकित्सक, कामपा प्रहरी र वडाको समन्वयमा खसीबोकालगायत चौपायाको परीक्षण गर्ने कामपा कृषि विभाग प्रमुख डा अवधेश झाले जानकारी दिए ।

डा झाका अनुसार खसीबोकाको बिक्री केन्द्रमा नै गरिने अनुगमनका क्रममा स्वस्थ खसीबोकाको सिङमा हरियो र अस्वस्थको सिङमा रातो रङ लगाइने तयारी रहेको छ । परीक्षणपछि उपभोक्तालाई खरिद गर्न सहज हुने भन्दै उनले सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न आग्रह गरे ।

उक्त समयमा कामपाले चौपाया बिक्री स्थान, मासु पसल र बधशालालगायतका स्थानमा समेत अनुगमन गर्ने जनाएको छ । प्रत्येक स्थानमा पशु चिकित्सक, सहायकसहित अन्य पाँच जना टोलीले परीक्षण गर्ने तयारी गरेको छ । दसैँका लागि मात्र कामपाले जिल्ला पशुसेवा कार्यालय वा भेटनरी जनस्वाथ्य कार्यालय वा स्वतन्त्र भेटनरी चिकित्सकको सहयोगमा चौपायाको स्वाथ्य र मासु निरीक्षण गर्ने गरेको छ । चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि रु ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइराख्नका लागि रु तीन करोड ५० लाख रहेका छ ।

बजारलाई थप व्यवस्थित गर्न कामपाले गत साउनभित्र अनुगमनका सूचक तयार गरी भदौ १ देखि नियमित अनुगमन गर्दै आएको छ । चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमीरूपमा गरिएको अनुगमनको कामले प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडबाड सुरु हुनु केही महिनाअघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।

बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्नेछ ।
रासस/फाइल फोटो

वि.सं.२०८० असोज १९ शुक्रवार २२:१९ मा प्रकाशित

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

विद्युतमा भ्याट कार्यान्वयनबारे प्राधिकरण द्विविधामा, आन्तरिक राजस्व विभागसँग स्पष्टिकरण माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर...

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

अर्को पार्टीमा प्रवेश गर्ने आफ्ना जनप्रतिनिधिमाथि एमालेले गयो कार्वाही

काठमाडौं । नेकपा (एमाले) ले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका...

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

एमाले–नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच...

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...