कविता केशरी, विराटनगर
१
सकिन्छ खेला जाल आएपछि
समुद्र भित्र निर्दोष छन् समुद्री माछाहरू
माझीदाइ स्वयम काल आएपछि
२
जरामा धमिरा लाग्यो के गर्नु
फल फल्ला भनी रोपेका रुखमा
टुप्पामा चिउलो जाग्यो के गर्नु
३
बासना छरेर दौडिन्छ कति
आफ्नो बिना चिन्दैन कस्तुरी बिचरा
त्यही खोज्न मरेर दौडिन्छ कति
४
बोकेर इगो पना के गर्नु
बर्षादमा उर्लिन्छ खहरे खोलो
हुँदैन दिगो पना के गर्नु
५
तँ कराएर हो कि होइन
छेउमै पीडा पोख्दै छस् कोइली
होस हराएर हो कि होइन
वि.सं.२०८० असोज २० शनिवार ०८:५४ मा प्रकाशित






























