back
CTIZAN AD

हाइकु

वि.सं.२०८० असोज २० शनिवार

1.3K 

shares

आर्त अकुलीन, देवाश्रम, कैलाली


उकालो बाटो
काँडाका फूलहरू
आर्त जीवन ।


रातो गुलाफ
अधरको मुस्कान
प्रेम तरङ्ग ।


जूनको हाँसो
उही खुला आकाश
हर्षित मन ।


मूलको पानी
मनभित्रको माया
जीवन शैली ।


पानीको फोका
जीवनको पर्याय
बगेको नदी ।


ऐझेरु फूल
जीवनको पर्याय
परनिर्भर ।


सौम्य मालती
मगमग बासना
छर्ने चाहना ।


एक्लो चाँदनी
उज्यालोको आधार
रवि प्रकाश ।


तातो मौसम
कष्टकर जीवन
जूनको खोजी ।

१०
चम्किलो तारा
निकै टाढाको बस्ती
सबैको आस्था ।

वि.सं.२०८० असोज २० शनिवार ०८:५५ मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...