back
CTIZAN AD

सुसेली

वि.सं.२०८० असोज २० शनिवार

1.4K 

shares

प्रधुम्न चालिसे, भक्तपुर


सभ्यता हाम्रो
पुर्विय संस्कारको
संस्कार राम्रो ।


सकियो वर्षा
आश्विन कृष्ण पक्ष
पितृको चर्चा ।


तीजकी चेली
सुनि खुशी भइछन्
आमाको बोली ।


दौतरी जम्मा
माइतीको आँगन
नाचियो झ्याम्म ।


व्रत तीजको
भोकै बस्न सकिन
स्वास्थ्य पिरको ।


झिलीमिलीले
रमाइलो तिहार
सप्त–रङ्गिले ।


फूल पातीले
बडा दशैं बोलायो
खुशीयालीले ।


दशैंको टीका
दही रातो अक्षता
पुर्खाले सिका ।


संस्कृति हाम्रो
शास्त्रको सारतत्त्व
विश्वमा राम्रो ।

१०
नेपाली हामी
बंश ऋषि–मुनीको
धर्ममा दामी ।

वि.सं.२०८० असोज २० शनिवार ०८:५६ मा प्रकाशित

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

गायक आदित्य श्रेष्ठको ‘बाचा’ सार्वजनिक

काठमार्डाैँ । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...