back
CTIZAN AD

कविता : पुज्न म सकौँ

वि.सं.२०८० असोज २० शनिवार

1.6K 

shares

सुशीला शर्मा धमला
ओखलढुङ्गा, हाल–काठमाडौं

चिनायौ नेपाली परिचय रह्यो विश्व भरमा
प्रतिष्ठा जोगायौ असल कुलको सभ्य घरमा
तिमी नै धर्ती हौ सकल जगका मालिक तिमी
तिमी नै द्यौता हौ अमर रचना सर्जक तिमी ।१।

थियौ आज्ञाकारी निपुण अति राम्रो द्रुत कवि
उठायौ रम्घाको कुशल चतुरो भै–कन छवि
पुकारा गर्दैछौँ रबि किरणका प्रापक तिमी
उषाको लाली झै मृदु हृदयका निर्मल तिमी ।२।

नयाँ पाना थप्दै अविरल बगेथ्यौं तनहुँमा
सफा मिठो आभा नयन रसमा बग्दछ ममा
बगेको पानी झै सललल बगी ज्ञान लहरी
पुगेका कास्कीमा सरस सपना ज्योतिष धरी।३।

अहो!घाँसी तिम्रो सरलपनको शान्त दिलमा
उदायौ बाणीझैँ विपुल नभ यद्वा निखिलमा
दिई शिक्षा राम्रो अझ गहिरिदै सज्जन बनी
सबैमा फैलायौ सहज सृजना चित्रण पनि ।४।

तिमी छायौ रामायण स्वरुप जीवीत् भुवनमा
हटायौ आत्माको कुरुप तनको ज्योति मनमा
दियो हौ आशाको गगन छुन पुग्यौे युगयुयौँ
सफा यो नेपाली मनमुटु भित्र पुज्न म सकौँ ।५।
छन्द ः शिखरिणी

 

वि.सं.२०८० असोज २० शनिवार ०८:५६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...