back
CTIZAN AD

गजल

वि.सं.२०८० असोज २० शनिवार

1.5K 

shares

कुशलनाथ योगी
रास्कोट -३, कालिकोट

हर युवा मुस्कुराई बाँच्न आधार छैन
लाग्छ हाम्रो मुलुकमा खास सरकार छैन

यो नजरबाट कोही एकपल दूर जाँदा
लाग्छ धमनीहरूमा रक्तसञ्चार छैन

एकछिन मात्र नानी हेर मेरा नयनका
भेटिनेछौ तिमी नै अन्य अनुहार छैन

बातमा अल्झियौ या रूपमा अल्झियौ खै
बास माग्यौ नि दिलमा बस्न दरबार छैन

ए युवा हो बगाओ देशका लागि पसिना
देश निर्माण गर्ने भिन्न औजार छैन

बहर : कुरेशी
अर्कानः २१२२ – १२२ – २१२२ – १२२

 

वि.सं.२०८० असोज २० शनिवार ०८:५७ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...