back
CTIZAN AD

राष्ट्रिय अभिभारा पुरा गर्न नेता शाक्यको आग्रह

वि.सं.२०८० असोज २१ आइतवार

1.2K 

shares

२१ असोज, दाङ । नेकपा (माओवादी केन्द्र) का सचिव हितमान शाक्यले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका पक्षमा निरन्तर आवाज उठाउँदै बुद्धिजीवीहरुलाई राष्ट्रिय अभिभारा पुरा गर्न आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट बुद्धिजीवीहरूको संगठन नेपाल बुद्धिजीवी संगठन लुम्बिनी प्रदेशको बिस्तारीत बैठकलाई सम्बोधनका क्रममा नेता शाक्यले राजनैतिक घटनाक्रमलाई सहि रुपमा बुझन तथा प्राप्त राजनैतिक उपलब्धि जोगाउन पनि बुद्धिजीवीको भूमिका महत्वको हुने बताएका थिए । उनले बुद्धिजीवी संगठनलाई सबै पेशागत क्षेत्रको छाता संगठनका रुपमा लैजान सुझाव दिएका थिए ।

बैठकमा बिशिष्ट अतिथि रहेका नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक नीलकण्ठ तिवारीले संगठनका आन्तरीक प्रणालीबारे जानकारी गराउँदै संगठनको मर्यादा बढाउन र अभिभारा पुरा गर्न लुम्बिनीको संगठन गतिशिल हुनुपर्ने बताएका थिए ।

संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज लीलाधर मरासिनीको अध्यक्षता, माधव न्यौपानेको स्वागत मन्तब्य, लोक शर्मा बस्यालको संचालन र नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी प्रकाश को समेत उपस्थिति रहेको सो बैठकमा वरिष्ठ अधिवक्ता शुदर्सन पन्न्त, प्रभुराम चौधरी, प्रदिपकुमार पाण्डे, सहेन्द्र चौधरी, जंगबहादुर खड्का, डा. भिमसेन गिरी, रामप्रसाद जैसी, बिनोद पौडेल, प्रेमराज घिमिरे, राजेश सुबेदी, यमबहादुर थापा, माधव न्यौपाने, कौशलराज न्यौपाने, डा. कृष्णप्रसाद शर्मा, पुनाराम अर्याल, धनीश्वर न्यौपाने, विजय सापकोटा लगायतका सहभागीले रिपोटिङ सहित आ–आफना धारणा राखेका थिए ।

बैठकले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा संगठक प्रतिनिधिहरु तोकेको छ भने प्रदेशलाई पुर्व र पश्चिम दुई क्लष्टरमा बिभाजन गरी दुई सहसंयोजकको जिम्मेवारी दिएको छ । पुर्वी कमाण्ड(गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देहि,अर्घाखाची, कपिलवस्तु) को जिम्मेवारी लोक शर्मा बस्याल र पश्चिमी कमाण्ड (बाके, बर्दिया,कपिलवस्त,पुर्वी रुकुम, रोल्पा र दांग) मा समन्वयको जिम्मेवारी प्रभुराम चौधरीलाई दिएको बताईएको छ । भ्रष्टाचार बिरुद्ध सुशासन प्रवर्धनका चुनौती बिषयक बिचार गोष्ठी सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेको सो बैठकमा सहभागीहरुले बुद्धिजीवी संगठनलाई थप गतिशिल बनाउनु पर्ने, पार्टीसंगको समन्वय चुस्त हुनुपर्ने, पार्टीको माथिल्लो तहबाटै रुपान्तरणको अनुुभुति गराईनुपर्ने, दक्षिणतर्फको सीमाना नियन्त्रण हुनुपर्ने,कृषिलाई उध्योग र बजारसंग जोडनुपर्ने, ईण्डक्सन चुल्होको प्रयोग बढाईनुपर्ने,बैक लोन १ डिजिटमा झारीनुपर्ने, पुर्व बिशिष्टको सुबिधा खारेज हुनुपर्ने, तस्करीमा जोडिएका नेतामाथि कारवाही हुनुपर्ने, नेताहरुको बिलाशि जीवनमाथी ख्याल गरीनुपर्ने, पार्टीलाई बैचारीक रुपले प्रष्ट बनाउनुपर्ने, परीवारवादको निर्मुल हुनुपर्ने, विधि नीति र पद्धतीलाई ब्यबहारमा देखाउनुपर्ने, कष्टकर जनजीविकामाथि आखा पुग्नुपर्ने, पारदर्शिता र ईमान्दारीता हुनुपर्ने लगायतका सुझाव दिएको बताईएको छ ।

संगठनको बैठकको तयारीका सिलसिलामा दुर्घटना भै घाईते भएका प्रदेश संयोजक दुर्गादक्त शर्माको स्वास्थलाभको कामना बैठकले गरेको छ ।

 

वि.सं.२०८० असोज २१ आइतवार १४:३२ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...