back
CTIZAN AD

हमासको आक्रमणमा परि इजरायलमा केही नेपाली हताहत भएको हुन सक्ने सरकारको भनाई

वि.सं.२०८० असोज २१ आइतवार

1.5K 

shares

काठमाडौं । सरकारले इजरायलमा प्यालेस्टाइनको हमास समूहको आक्रणमा परी केही नेपाली हताहत भएको हुन सक्ने जनाएको छ ।

प्रतिनिधि सभााको आइतबारको बैठकमा सो कुराको जानकारी गराउँदै  परराष्ट्रमन्त्री एनपी साउदले इजरायलको दक्षिण क्षेत्रमा अवस्थित किवुज अलिमुम भन्ने स्थानमा अध्ययनरत रहेका १७ नेपालीमध्ये २ जना सकुशल, तीनजनाको स्थानीय अस्पतालमा उपचार र बाँकी १२ जनामध्ये केही हताहत भएको हुन सक्ने जानकारी दिए ।

१७ जना दक्षिणी इजरायलको किवुज अलिमुम भन्ने स्थानमा अध्ययनरत रहेका थिए । नेपाली दूतावासका अनुसार उक्त स्थान गाजाक्षेत्र नजिक रहेको र हमास समुहबाट त्यहाँ गम्भीर आक्रमण भएकाले उक्त स्थानमा रहेका १७ नेपाली मध्ये २ जना सकुशल रहेको, तीनजना घाईतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र बाकीँ १२ मध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने भएको हुँदा स्थिति एकिन गर्न सम्पिूर्ण संयन्त्र परिचालन गरिएको बताए ।

‘नेपाली दूतावासका अनुसार उक्त स्थान गाजाक्षेत्र नजिक रहेको र हमास समुहबाट त्यहाँ गम्भीर आक्रमण भएकाले उक्त स्थानमा रहेका १७ नेपालीमध्ये २ जना सकुशल रहेको, तीनजना घाईतेको स्थानीय अस्पतालमा उपचार भइरहेको र बाँकी १२ मध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने भएको हुँदा स्थिति एकिन गर्न सम्पिूर्ण संयन्त्र परिचालन गरिएको छ ।’ मन्त्री साउदले भने ।

मन्त्री साउदले इजरायलमा हाल ४५ सय नेपालीहरु केयर गिभर, २६५ जना विद्यार्थीका रुपमा इजरायल सरकारको ल एण्ड अर्न कार्यक्रम अन्तर्गत गएको बताए । ती मध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गरी जम्मा २६५ जना अध्ययनका लागि गएको मन्त्री साउदले जानकारी दिए ।

मन्त्री साउदका अनुसार सुदूरपश्चिम विश्व विद्यालयबाट गएका ४९ जनामध्ये १७ जना दक्षिणी इजरायलको किवुज अलिमुम भन्ने स्थानमा अध्ययनरत रहेका थिए । उनीहरु मध्ये १२ जनाको अवस्था अज्ञात रहेको हो ।

उक्त घटनालाई सरकारले गम्भीरताका साथ लिएको बताउँदै आइतबार बिहान प्रधामन्त्रीको नेतृत्वमा बसेको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र बनाएको छ । संयन्त्रले घटनाको निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मुल्यांकन गरेर नेपालीहरुको अवस्था पपहिचान तथा उद्धार गर्ने अवस्थामाा उक्त कार्य गर्नका लागि अवस्यक निर्णय लिने समेत बताए ।

इजरायलको दक्षिण क्षेत्रमा प्यालेस्टाइनको हमास समुहले गरेको आक्रमणमा परि हालसम्म सयौंको संख्यामा मृत्यु र घाईते भएका तथा केहीलाई हमास समुहले अपहरण गरेको र बन्धक बनाएको समाचार आएका छन् ।

इजरायलको दक्षिण क्षेत्रमा हवाई, जल र स्थलमार्गबाट हमासका लडाकुहरु प्रवेश गरेर आकस्मिक तवरले आक्रमण गरेको र बन्धक बनाउने कार्य भएका हो । सो आक्रमण दशौपछिको ठूलो आक्रमण भएको र इजरालयले पनि जवाफी कारबाही गर्दा हमासका मानिसहरुको पनि मृत्यु भएका जनाइएको छ ।

 

वि.सं.२०८० असोज २१ आइतवार १४:५५ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...