back
CTIZAN AD

यतिको दुई जहाज चार्टर्ड गरेर भारतीय पर्यटकले गरे माउन्टेन फ्लाईट

वि.सं.२०८० असोज २१ आइतवार

1.5K 

shares

काठमाडौं । तिर्थयात्रीका रुपमा नेपाला आउने गरेका भारतीय पर्यटक जहाज नै चार्टर्ड गरेर माउन्टेन उडानमा गएका छन् । निजी क्षेत्रको लगानीमा सञ्चालित यती एयरका दुई जहाज चढेर शनिबार ८० जनाभन्दा बढी भारतीय पर्यटक माउन्टेन फ्लाईटमा गएका हुन् ।

यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाईट मार्फत नेपालका विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेका भारतीय पर्यटक एकप्स सिस्टम ईण्डियाका संस्थापक तथा पार्टनरहरु रहेका एयरलाइन्सले जनाएको छ ।

काठमाडौंको हायात होटलमा तिन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागि हुन भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरीकहरुले माउण्टेन फ्लाईटको अनुभव लिएका हुन् ।

चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकटस् डट कमका एकाउण्ट म्यानेजर मनिस महर्जनले एकै कम्पनीको अगुवाईमा २ वटा जहाज चार्टर्ड गरेर माउन्टेन फ्लाईट पहिलो पटक भएको दाबी गरे । उनले उक्त उडानबाट नेपालको पर्यटकीय संभवना असिमित भएको प्रमाणित भएको बताए ।

वि.सं.२०८० असोज २१ आइतवार १५:०३ मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

थाइल्यान्डको हस्पिटालिटी क्षेत्रमा नेपाली सफलताको पहिचान: पदमलाल काफ्ले सम्मानित

काठमाडौं  । थाइल्यान्डमा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै हस्पिटालिटी...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...