back
CTIZAN AD

सिटिजन्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८० असोज २२ सोमवार

1K 

shares

काठमाडौं । सिटिजन्स बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ । बैंकले असोज १७ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको हो ।

बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गरेको हो । ३० लाख कित्ता मध्ये १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने १२ लाख कित्ता सर्वसाधारणलाई निष्कासन हुने छ । सर्वसाधारणका लागि छुट्याएको १२ लाख कित्ता मध्येबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्कासनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

वि.सं.२०८० असोज २२ सोमवार १२:५२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...