back
CTIZAN AD

इजरायलको बंकरबाट विद्यार्थीको भावुक पत्र–प्रधानमन्त्री अब तपाई नै हाम्रो आशा र भरोसा

वि.सं.२०८० असोज २२ सोमवार

1.8K 

shares

काठमाडौं । प्यालेस्टाइन विद्रोही समूह र इजरालयबीच भइरहेको द्वन्द्धका कारण ज्यानै जोखिममा रहेका नेपालीका तर्फबाट एक विद्यार्थीले प्रधानमन्त्रीलाई भावुक पत्र लेखेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट कृषि विषयमा अध्ययनका लागि इजरायल पुगेका अन्नपूर्ण गाउँपालिका २ कास्कीका सुरज भण्डारीले प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र बाहिरीएको हो ।

भण्डारीले कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिनै लागेका विद्यार्थीहरु (११४) जना अहिले इजरायल र हमासको द्धन्द्धको चपेटामा फसेको पत्रमा उल्लेख गरेका छन् ।

११ म्हिनामा इजरायलबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने सपनाको संसार भत्किदै गइरहेको बताएका भण्डारीले आफुहरुको आत्मबल घट्दै गइरहेको, मानसिक तनावमा पुग्न आंटिसकेको तथा अब धेरै सोच्ने परिस्थिति पनि बाँकी नरहेको पत्रमा लेखेका छन् ।

‘आकाशमा चरा उडेको देखेका हामी, आज मिसाइल र फाइटर प्लेन देख्नु परेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किरहेको देखेर त्रसित छौं । बंकरमा लुक्यो भने बंकरभित्र नै छिरेर आक्रमण भइरहेको छ,’ उनले पत्रमा लेखेका छन्, ‘हामी स्तब्ध छौं । हमलामा पर्यौ भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ । नखाउ भने भोक र प्यास लाग्छ खाउँ भने बाहिर शौचालय जान डर लाग्छ ।’

उनले सुदूरपश्चिम विश्वविद्यालयका सहपाठीको निधनले छाति चिरिएको र हमलामा परेमा आफुहरुले पनि गोली निल्नुको विककप्ल नभएको बताएका छन् ।
आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको र विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था नरहेकोले आफुहरुलाई भर्खर देश फर्कन मन रहेको उनले पत्रमा उल्लेख गरेका छन् ।

‘आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाई नै हो । भरोसाँ पनि तपाई नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाई दिनुहोस । हामी देशमानै रमाउने छौं ।’ उनले लेखेका छन् ।

उनले आफुहरु त्यहाँ कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयका गरी ११४ जना रहेको बताएका छन् ।
उनले विद्यार्थीहरुसँगै अन्य नेपाली नागरिक पनि रहेका कारण छिटो भन्दा छिटो सरकार र प्रधानमन्त्रीको प्रत्याभुति गराउने आसा लिएको समेत उनले लेखेका छन् ।

 

 

 

वि.सं.२०८० असोज २२ सोमवार १३:२५ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...