back
CTIZAN AD

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक

वि.सं.२०८० असोज २२ सोमवार

1.2K 

shares

काठमाडौं । कुमारी बैंकले दशैं पर्वलाई लक्षित गर्दै ग्राहकका लागि आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ । बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई महान चाड दसैंको हर्षोल्लासका साथ अभिवृद्धि गर्ने भएको हो ।

बैंकका अनुसार योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन पमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधा असोज २८ देखि कात्तिक ५ सम्म लागू हुने बैंकले जनाएको छ ।

बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालयबाहेक), ४९ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ इकाइसहितको बृहत् सञ्जालसहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०८० असोज २२ सोमवार १३:२९ मा प्रकाशित

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

ऊर्जा क्षेत्रका विभिन्न निकायहरुद्वारा थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग...

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

ढुवानी व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...