back
CTIZAN AD

राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त

वि.सं.२०८० असोज २२ सोमवार

957 

shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती र मृतकका परिवारलाई राहतलगायत विषयमा चासो व्यक्त गरेका छन् ।

उनले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूित प्रकट गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

त्यसैगरी राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गरेका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

 

वि.सं.२०८० असोज २२ सोमवार १६:३४ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...