back
CTIZAN AD

रातभरमा रुसका २७ ड्रोन खसालेको युक्रेनको भनाइ

वि.सं.२०८० असोज २३ मंगलवार

1.1K 

shares

किएभ । युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मङ्गलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद-१३६/१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ ।

समग्रमा मस्कोले क्रिमिया प्रायद्विपबाट इरान निर्मित ३६ वटा ड्रोन हमला गरेको युक्रेनी सेनाले जनाएको छ । सन् २०१४ मा युक्रेनी भूभाग क्रिमियालाई रुसले आफूमा गाभेको थियो । अन्य नौ ड्रोनले कुन लक्ष्यमा हमला गरेको थियो भन्नेबारे सेनाले केही बताएको छैन ।

माइकोलाइभका गभर्नर भितालिए किमले आफ्नो क्षेत्र एउटा ड्रोन ध्वस्त भएको टेलिग्रामलाई जानकारी दिए । गत जुलाईमा कृष्ण सागरमार्फत खाद्यान्न ढुवानीका लागि सुरक्षित मार्गको अनुमति दिने सम्झौताबाट युक्रेन बाहिरिएपछि रुसले दक्षिणी युक्रेनका बन्दरगाहरूमा आक्रमणलाई बढाएको छ ।

किएभले युक्रेनी ऊर्जा पूर्वाधारहरूमा मस्कोले हवाई आक्रमणको अभियान पुनः सुरु गरेको चेतावनी दिएको छ । गत सेप्टेम्बरको एउटै महिनामा मस्कोले पाँच सयभन्दा बढी साहेद ड्रोन हमला गरेको युक्रेनी परामर्श समूह डिफेन्स एक्सप्रेसले जनाएको छ ।
एएफपी/फाइल फोटो

वि.सं.२०८० असोज २३ मंगलवार १२:४६ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...