back
CTIZAN AD

गजल

वि.सं.२०८० असोज २७ शनिवार

1.8K 

shares

स्पन्दन विनोद, दधिकोट, भक्तपुर
हाल : लिस्वन, पोर्चुगल

जो वीर हुन्छन् सदैव लड्छन् हजारचोटि मरेर बाँच्छन्
अचम्म मान्नै परेन काँतर अगाडि ज्यू ज्यू गरेर बाँच्छन्

निकास मिल्ला र चोर बाटो हिडेर द्यौता पुकार गर्छौ
मिलेर लुट्छन् र देशद्रोही बसाइ अन्तै सरेर बाँच्छन्

खुसी भनेको समीपमा थ्यो तयार थेँ ऊ सँगै म मर्न
कहाँ गए प्रेमका नसेबाज फूल मात्रै छरेर बाँच्छन्

पोतेर सिन्दुर घुमेर जग्गे गरेको माया भन्यौ तिमीले
थिए जो निस्वार्थ प्रेममा आँसुका जलाशय भरेर बाँच्छन्

डुबेको देख्दा बिरानो डुङ्गा रमाउने छन् अनन्य मित्र
कतै नपच्ने रहेछ माया अलग जवानी चरेर बाँच्छन्

बहर : बाफिर मुसम्मन महजुफ
अर्कान : १२१२२ १२१२२ १२१२२ १२१२२

वि.सं.२०८० असोज २७ शनिवार ०९:११ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...