back
CTIZAN AD

कविता : जीवनको इन्टरभल

वि.सं.२०८० असोज २७ शनिवार

1.3K 

shares

निम्ब तरु, अर्घाखाँची

जीवनको मध्यान्तर भयो
टिनिनि घण्टी बज्यो
पर्दा उठ्यो
यतिञ्जेल हेरियो फिलिम

जीवनको इन्टर्भल

पिसाब गर्न गइरहेको छु
कोही पपकर्न खान थाल्दैछन्
कोही पान चबाउन शुरु गरे
कोही एउटै आइसक्रिम चाट्दैछन्
पर्दा बाहिर

जीवनको जो मध्यान्तर छ
त्यो गाडीको ब्रेकजस्तो
जीवन र मृत्यु बीचको निमेषभरको अन्तरालजस्तो
प्रेम र विछोडबीचको शुन्यताजस्तो
भीषण युध्द बीचको बिराम जस्तो
मन र मुटु बीचको अन्तरजस्तो
मजदुरको टि –ब्रेकजस्तो
स्कुलको टिफिन ब्रेकजस्तो
आपतको क्षणिक राहतजस्तो
पर्खाईको खालीजस्तो
लाग्छ ।

कति छिटो पुनःघण्टी बज्यो टिनिन
जबरजस्ती जोडियो कथा जीवनको फिलिममा
सरर पर्दामा देखियो कथा जीवनको
हो नै हो म नै हो त्यो
समाप्त
पर्दामा देखियो स्पष्ट ।

वि.सं.२०८० असोज २७ शनिवार ०९:१३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...