back
CTIZAN AD

अवको एनआरएनए आफ्नो नेतृत्वमा अगाडि बढ्ने आरके शर्माको विश्वास

वि.सं.२०८० असोज २७ शनिवार

1.3K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघको आसन्न ११ औ महाधिवेशनमा अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा २०२४–२५ गठन हुनेमा पूर्ण बिस्वस्त रहेको बताएका छन् ।

संघको बिहीबार भएको उम्मेदवारी दर्ता प्रक्रियापछि शर्माले डेलीगेट माँझ सो कुरा ब्यक्त गरेका छन् । गैरआवासीय नेपालीहरुलाई संघ आवद्व गराई एकताबद्ध र सबै नेपालीको उन्नति र प्रगति महसुस हुने गरी आगामी २०२३–२५ को आफ्नो भूमिका महत्वपूर्ण हुने दाबी गरेका छन् । अध्यक्षका प्रत्यासी रहेका शर्माले अक्टोबर १३ तारिख शुक्रबार राजधानी काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सो कुराको उद्घघोष गरेका हुन् ।

उनले आफ्नो कार्यकाल जम्मा २४ महिनाको रहेको बताउँदै २४ महिनाका लागि २४ कार्यक्रमको बलियो खाका बनाएको बताए । जसमा सम्पूर्ण गैरआवासीय नेपालीको शिर उचो बनाई संस्थाको दिगो विकासको अबधारणा समेट्दै प्रत्येक ३/३ महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको बताए ।

उनले आफ्नो कार्यकालमा फुटेको होईन, जुटेको एनआरएनए बन्ने बताउँदै भने, ‘यो मेरो पहिलो प्रतिबद्धता हो । २४ महिनाका लागि २४ कार्यक्रमको खाका बनाएको छु,’ आठ बुँदे कार्य योजना प्रस्तुत गर्दै शर्माले वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र थप मर्यादित बनाउन आफ्नो मुख्य योजना रहेको समेत घोषणा पत्रमा उल्लेख गरेका छन् ।

उनका मुख्य योजनामा सीप विकास गर्ने, भाषा र कानुनी समस्यामा परेका श्रमिकहरुलाई निशुल्क कानुनी सेवाको व्यवस्था मिलाउने, वैदेशिक रोजगारका सम्भावना बोकेका थप देशहरुसँग श्रम सम्झौता गर्ने, श्रमिकहरुको संख्या बढी भएका देशहरुको एनसीसीमा नै श्रम डेस्क राख्ने र वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायत रहेका छन् ।

श्रमिकहरुको आर्थिक स्थिति अनुगमन र पहिचान द्वारा श्रमिकहरुको अवस्था सुधार्न समेत पहल गर्ने प्रतिबद्धता जनाउदै शर्माले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अभिप्रेरित गर्ने र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपीओको आरक्षण कोटा बढाएर श्रमिकको सहभागिता बढाउने समेतको विशेष योजना लाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

विप्रेषणको सही सदुपयोग गर्दै विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनमुलक उद्यम व्यवसायमा लगाउने लक्ष्य रहेको बताउंदै शर्माले विप्रेषणको १० प्रतिशत रकम बचत गरी उत्पादनमूलक क्षेत्रमा बिशेष प्रबन्ध मिलाई कामदारको भविष्य सुरक्षित गर्ने र समग्र देश विकासमा योगदान गर्ने पहल गरिने योजना आफ्नो कार्यकालमा रहेको बताएका छन् ।

गैरआवाशीय नेपाली कामदारहरुको हकहितका लागि नै आफ्नो कार्यकाल बढी व्यतित गर्ने मूख्य योजना रहेको अध्यक्षका उम्मेदवार आर के शर्माले बताएका छन् ।

वि.सं.२०८० असोज २७ शनिवार १४:३३ मा प्रकाशित

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...