back
CTIZAN AD

सभामुख घिमिरेद्वारा बडादसैँको शुभकामना व्यक्त

वि.सं.२०८० कात्तिक ७ मंगलवार

834 

shares

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रुपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ सङ्कल्पको विकास गर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरे । “उमङ्गमय वातावरणमा देश परदेश गएका आफन्तको मिलनले नाता सम्बन्धलाई गाढा र न्यानो बनाउने भएकाले दसैँको विशेष सांस्कृतिक महत्व रहिआएको छ, दसैँलाई सांस्कृतिक महत्त्वको चाडको रुपमा विकास गरी पर्वको गरिमा वृद्धि हुने गरी मनाउन अपील गर्दछु”, सभामुख घिमिरेद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको उल्लेख गर्र्दै उनले संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्तिका रुपमा रहेका बताउनुभएको छ । विभिन्न जातजातिका भाषा, धर्म, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन नेपालीको पहिचान भएको सन्देशमा उल्लेख छ ।

चाडबाडमा भड्किलो व्यवहार गर्ने, अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले वडादसैँले आपसी एकता, शान्ति र सकारात्मक सोच विकास गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

“संस्कृति परिवर्तनशील विषय हो, कतिपय परम्परालाई परिवर्तन एवं सुधार गर्दा कुनै जाति वा समुदायको आफ्नो सांस्कृतिक परम्परा लोप हुन सक्छ”, शुभकामना सन्देशमा सभामुख घिमिरेले भनेका छन्,“तसर्थ, हाम्रा नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रोत्साहित गर्दै जानु अहिलेको प्रमुख आवश्यकता हो ।”

वि.सं.२०८० कात्तिक ७ मंगलवार १०:२१ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...