back
CTIZAN AD

स्पेनमा युक्रेनबाट चोरिएको प्राचीन सुनका आभूषण बरामद

वि.सं.२०८० कात्तिक ७ मंगलवार

969 

shares

मेड्रिड । स्पेनको प्रहरीले छ करोड युरो (छ करोड ४० लाख अमेरिकी डलर) भन्दा धेरै मूल्यको सदियौँ पुरानो सुनका कलाकृतिहरू बरामद गरेको बताएको छ । प्रहरीका अनुसार ती आभूषण चोरी गरेर अवैधरूपमा युक्रेनबाट बाहिर लगिएको थियो ।

हार, ब्रेसलेट र झुम्कासहित ११ वटा टुक्रा सन् २००९ र सन् २०१३ को बीचमा किएभ सङ्ग्रहालयमा प्रदर्शन गरिएको थियो र सन् २०१६ भन्दा पहिला युक्रेनबाट तस्करी गरेर ल्याइएको प्रहरीले एक विज्ञप्तिमा बताएको छ । प्रहरीका अनुसार ती सामग्री ईसापूर्व आठौँ र चौथो शताब्दीबीचको भएको अनुमान गरिएको छ ।

तीन स्पेनी र दुई युक्रेनी नागरिक (तीमध्ये एक अर्थोडक्स चर्चका पादरी) लाई कारवाहीका हिस्साका रूपमा गिरफ्तार गरिएको थियो । उक्त चर्चलाई युक्रेनका साथै अल्बानिया, बुल्गेरिया, साइप्रस र उत्तरी मेसेडोनियामा अधिकारीहरूको सहयोगमा सञ्चालन गरिएको थियो ।

प्रहरीका अनुसार कलाकृतिहरू युक्रेनी अर्थोडक्स चर्चका हुन् भन्ने देखाउनका लागि अङ्ग्रेजी, युक्रेनी र स्पेनी भाषामा नक्कली कागजात बनाइएको थियो ।

“यी यस्ता टुक्राहरू हुन् जसलाई लिलामी घरजस्ता सामान्य कानूनी माध्यमबाट बेच्न सकिँदैन”, प्रहरी प्रवक्ता अना रामोनले भने ।
सन् २०२१ मा एउटा टुक्रा भेडाको टाउको भएको सुनको बेल्ट म्याड्रिडमा एक व्यापारीलाई विक्री गरिएपछि प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको थियो ।

उक्त अनुसन्धानबाट अन्य १० वटा कलाकृति प्राप्त भयो जसलाई प्रहरीले गत महिना संदिग्धहरूबाट बरामद गरेको थियो । ती टुक्राहरूको अध्ययन स्पेनको राष्ट्रिय पुरातत्व सङ्ग्रहालय र मुलुकको सांस्कृति सम्पदा संस्थानले गरिरहेका छन् ।
एएफपी/सांकेतिक फोटो

वि.सं.२०८० कात्तिक ७ मंगलवार १२:१३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...