back
CTIZAN AD

 पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिता आजदेखि

वि.सं.२०८० कात्तिक १० शुक्रवार

1.1K 

shares

पथरी । नेपालमै पहिलो पटक स्थानीय स्तरबाट फ्रेन्चाइज पद्धतिद्वारा क्रिकेट प्रतियोगिता सुरु गरेको पथरी शनिश्चरे प्रिमियर लिगले आजदेखि चौथो संस्करणको क्रिकेट प्रतियोगिता सुरु गर्ने भएको छ ।

मैदान अभावका बावजुत चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट पथरी रङ्गशालामा हुने भएको छ । उद्घाटन खेल तेस्रो संस्करणको विजेता सात बाघ र पहिलो संस्करणको विजेता रोयल किङ्गबीच हुनेछ ।

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका सात फ्रेन्चाइज क्लबबीच प्रतिस्पर्धा गर्दैछन् । सात क्लबहरुले क्रिकेट प्रतियोगिताका लागि अक्सनमार्फत एक सय तीनजना खेलाडी अनुबन्ध गरेको हो । सात क्लबले कम्तीमा १४ खेलाडीलाई अक्सनअघि नै अनुबन्धन गरिसकेको थियो । दुई सय ३१ जना क्रिकेट खेलाडीले यो सिजनको लिग खेल्नका लागि अक्सनमा सहभागिता जनाएका थिए ।

यस पटकदेखि पथरीशनिश्चरे नगरबाहिरको चारजना खेलाडीले समेत सहभागिता हुन पाएका छन् । एक क्लबले चार खेलाडी अनुबन्धन गर्ने छन्भने दुई खेलाडीलाई ‘प्लेइङ एलाभेन’मा समेट्न सक्ने छन् ।
प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक-११, सात बाघ, वीरेन्द्रनगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सातवटा टोली यो सिजनमा भिड्दैछन् ।

प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सन्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु एक लाख ३१ हजार र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु ७१ हजार एक सय ११ प्राप्त गर्नेछ । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले प्रतियोगिताको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
रासस

वि.सं.२०८० कात्तिक १० शुक्रवार १२:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...