back
CTIZAN AD

भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा

वि.सं.२०८० कात्तिक १६ बिहीवार

951 

shares

गलेश्वर (म्याग्दी) । शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा र प्रौढ आफन्तसँग भेटघाट गर्न, घुम्न र रमाउन सहरबजारतिर झरेका छन् ।

यहाँको भ्रमण संस्कृतिविपरीत मनोविज्ञानमा आधारित छ । समय मिल्यो र मन मिल्ने साथी भएभने भ्रमण गर्ने, रमाउने र मोजमस्ती गर्ने युवा र प्रौढ बढेका छन् । तर, भ्रमण संस्कृतिमा भने विपरीत मनोविज्ञान पाइएको म्याग्दीको पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय रहेका ओमकुमारी शान्ति कोषका पूर्वअध्यक्ष राजेश शाक्यले बताए ।

“घोडेपानी, पुनहिल, टोड्के, झाँक्रीपानी, बेलढुङ्गा, लभ्लीहिललगायतका म्याग्दीका ग्रामीण पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको भीड छ । यी सबै क्षेत्रमा पुगेका अधिकांश पर्यटक सहरबजारबाट गाउँ उक्लिएका हुन”, शाक्यले भने, “बजार क्षेत्रमा पनि त्यस्तै अवस्था छ, गाउँका युवा, विद्यार्थी र प्रौढहरु घुम्न, रमाइलो गर्न र किनमेल गर्न बजार झरेका छन् ।”

पछिल्लो समय नेपालीमा पनि भ्रमण गर्ने संस्कृतिको विकास हुँदै गएपछि पर्यटकीयस्थल विदेशी पर्यटकलाई मात्र कुर्नुपर्ने बाध्यतामा छैनन् । विदेशमा समेत चर्चित बनेका घोडेपानी, पुनहिल र मुस्ताङलाई नै हेर्ने हो भने पनि सन् २०१९ यता विदेशी कम र आन्तरिक पर्यटकहरु बढी पुगेका छन् ।

घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले भने,“घोडेपानीमा अहिले सरदर दैनिक चारसय बढी पर्यटक पुग्ने र फर्कने गर्दछन् । तीमध्ये ७५ प्रतिशत आन्तरिक पर्यटक हुन् । त्यसमा पनि सहरबजारबाट घुम्न आउने आन्तरिक पर्यटक ९८ प्रतिशत हुने गर्दछन् । ”
चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएका उत्तरी म्याग्दीका घोडेपानी, पुनहिल, भुरुङ तातोपानीमा मात्रै होइन पश्चिमी म्याग्दीका टोड्के, बेलढुङ्गा, दरबाङ,लगायतका पर्यटकीयस्थलमा समेत आन्तरिक पर्यटकको भीड लागेको पर्यटन व्यवसायीको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दैनिक तीन सयदेखि पाँचसय जनासम्म आन्तरिक पर्यटक आएका स्थानीय होटल व्यवसायीहरुले बताएका छन् ।

अध्यक्ष पुनका अनुसार यस वर्ष भदौ पहिलो सातादेखि नै घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटक विगतका वर्षका तुलनामा धेरै आएका र दसैँ सुरु भएपछि त्योक्रम झन बढेको हो । दसैँअघि दैनिक एक सयदेखि तीनसय जनासम्म आउने गरेकामा दसैँ मनाएपछि दैनिक पाँच सयसम्म आन्तरिक पर्यटक घोडेपानीमा आएको उनले बताए । विदेशी पर्यटकले धमाधम होटल ‘बुकिङ’ गर्न थालेका उनले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य याममा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेको उनले बताए । उनक अनुसार अहिले पर्यटन सिजन सुरु भएपछि विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । यहाँ आउने आन्तरिक पर्यटकमा ९८ प्रतिशत बढी व्यक्ति काठमाडौँ, पोखरा, बागलुङ, बेनीलगायतका सहरी क्षेत्रका हुने गरेका उनको भनाइ छ ।

म्याग्दीका सबै पर्यटकीयस्थलमा सडक सञ्जालको पहुँच पुगेपछि निजी सवारी साधनमार्फत आन्तरिक पर्यटक ती क्षेत्रमा पुग्न थालेका धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए ।

ग्रामीण पर्यटनमा ग्रामीण क्षेत्रकै युवामा भने चासो रहेको नपाइएको मङ्गला गाउँपालिका–२ रणबाङका श्रीराम पौडेलले बताउनुभयो । “गाउँका युवा विदेशमा छन्,रहे बचेका युवाहरुलाई पनि सहरबजार नै रमाइलो लाग्छ, फुर्सद मिल्यो किउनीहरु डुल्न घुम्नका लागि बजारतिर लाग्ने गर्छन”, उनले भने, “सहरबजारका युवायुवती, प्रौढ, व्यापारी, व्यवसायी र कर्मचारी भ्रमणका लागि गाउँ हुँदै जङ्गलतिर उक्लिने गर्दछन् ।”

सहरबाट घुम्नका लागि गाउँ आएका पर्यटकलाई स्थानीय होमस्टे, स्थानीय खानाका परिकार, दृश्यावलोकन र प्राकृतिक सुन्दरताले लठ्याउने गरेको पर्यटकीय क्षेत्र बेलढुङ्गा नजिकको व्यवसायी गणेश श्रीषले बताए ।

उत्तरतर्फचाँदी झैँ टल्कने सेता हिमाल । चैत, वैशाखमा राताम्यै फुलेका लालीगुराँस । नागबेली परेको म्याग्दी नदी । जङ्गलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम । धवलागिरि क्षेत्रका दर्जनौँ ग्रामीण बस्ती । बेलढुङ्गाको शिरमा चढेपछि आँखै अगाडि देखिने यस्तो रमणीय दृश्यावलोकनका लागि यहाँ बागलुङ, बेनी, कुश्मा र पोखरादेखि दैनिकरुपमा पर्यटक आउन थालेका उनले बताए ।

समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटर उचाइमा रहेको बेलढुङ्गामा गत वर्ष करिब सात हजार जना आन्तरिक पर्यटक पुगेकामा यस वर्ष त्यो सङ्ख्या अझै बढ्ने उनकोे भनाइ छ ।

बेलढुङ्गामा कति पर्यटक आए भन्ने तथ्याङ्क राख्ने आधिकारिक निकाय भने यहाँ छैन । स्थानीयले गाउँको होमस्टेमा बास बस्ने र गाउँका होटल तथा पसलमा चियानास्ता गर्नेको सङ्ख्याका आधारमा कुन वर्ष कति पर्यटक आए भन्ने सङ्ख्या अनुमान गर्नु परेको उनले बताए ।

बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढी गाउँ, वनजङ्गल, जङ्गली जनावर र पक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका– ३ का वडाध्यक्ष पदमपुनले बताए ।

बेलढुङ्गामा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै जान थालेपछि बेनी–३ भकिम्ली र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका–३ ओखलेबीच विकासका पूर्वाधार निर्माण गर्न होडबाजी नै चलेको स्थानीय युवा टीका पुनले बताए ।

“यहाँ पहिलापहिला घाँस दाउरा गर्ने, भेडाबाख्रा चराउने र निगालो खोज्ने यहाँ आउँथे, हेर्दाहेर्दै सहरबजारबाट घुम्न र रमाउन थाले”, उहाँले भन्नुभयो, “गाउँका मान्छेहरु हामीहरु) रमाउन सहर झछौं, सहरका मान्छे गाउँहुँदै जङ्गलतिर उक्लन्छन् ।” file photo

वि.सं.२०८० कात्तिक १६ बिहीवार १६:४६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...