काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमको भ्रमणमा जाँदैछन् ।
राष्ट्रपतिका प्रेस वकिल किरण पोखरेलले राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरी विपद्पीडितको अवस्था बुझ्ने जानकारी दिए ।
गत शुक्रबार भूकम्प गएलगत्तै राष्ट्रपति पौडेलले नोभेम्बर ८ देखि तय भएको युरोप भ्रमण पनि स्थगित गरेका थिए ।
वि.सं.२०८० कात्तिक २१ मंगलवार ११:३५ मा प्रकाशित






























