back
CTIZAN AD

आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

वि.सं.२०८० मंसिर ७ बिहीवार

1K 

shares

काठमाडौं । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौँमा आन्तरिक राजश्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेम राज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिटेन्सतर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।

सन् २००१ मा स्थापित आइमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमई लाई बैकिङ्ग सञ्जाल मार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।

साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक–पटक सम्मानित हुँदै आएको छ ।

वि.सं.२०८० मंसिर ७ बिहीवार १४:१४ मा प्रकाशित

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...