back
CTIZAN AD

अर्थमन्त्री डा महत भन्छन्-ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई छैन

वि.सं.२०८० मंसिर ७ बिहीवार

1.1K 

shares

भक्तपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताए ।

मन्त्री डा महतले भने, “सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिन भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर १० ठाउँमा जथाभावी लगानी गर्ने अनि ऋण तिर्दिन भन्नेलाई कुनै छुट छैन, तर ऋण लिएर काम गर्दा पनि नोक्सानमा परेर उठ्न नसकेका अप्ठ्यारोमा परेकाको हकमा भने राज्यले हेर्छ ।”

अहिलेकै व्यवस्थामा देश र जनताका लागि धेरै काम गरेको र अझै गर्न सकिन्छ भन्दै उनले जनताको अपेक्षाअनुसार केही काम हुन नसके पनि आगामी दिनमा यही व्यवस्थाले देशको आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गरे ।

नेपालमा सूचना र प्रविधि, जलविद्युत् तथा पर्यटन क्षेत्रका विकासबाटै आर्थिक विकास गर्न सकिने चर्चा गर्दै मन्त्री डा महतले यही देशमा युवाका लागि धेरै अवसर भएकाले त्यसलाई सुक्ष्म रुपमा खोज्न आग्रह गरे । जनताको बलिदानबाट प्राप्त गणतन्त्रात्मक व्यवस्था कसैले खोस्न नसक्ने भन्दै नकारात्मक भावना र्फैलाएर व्यवस्था परिवर्तनको कसैले सोच बनाएको भए त्यो पूरा नहुने बताए ।

“विसं २०४६ अगाडिसम्म देशका आधा जनताले चप्पल पनि लाउन पाउँदैनथ्ये, स्वतन्त्र भएर बोल्न पाउदैनथ्ये, देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो जनताको जीवनस्तरमा धेरै परिवर्तन आयो, जनताले बोल्न सक्ने भएका छन्”, मन्त्री डा महतले भने, “जनआन्दोलन र बलिदानबाट आएको अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैको छ भने त्यो सफल हुदैन, त्यस्ता सपना नदेखे हुन्छ ।” सामाजिक सञ्जालमामार्फत भ्रम फैलाउने प्रयास भइरहेको बताए ।

शङ्खधर साख्वालको योगदानको चर्चा गर्दै उनले अहिलेसम्मको उपलब्धिलाई आत्मसात गर्दै नेपाल संवत्लाई कामकाजमा ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गराउने उनको भनाइ थियो । नेपाल संवत् राष्ट्रिय संवत्को रुपमा स्थापित भएको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक नामाकरणको अभियान सुरु गरेर पहिचानलाई स्थापित गर्ने कार्यको थालनी गरेको बताए ।

नेवारी सभ्यताबिना नेपालको पहिचान पूरा नहुने भन्दै अर्थमन्त्री डा महतले विश्वलाई यहाँको पहिचान देखाउन, संरक्षण गर्न र विकसित संस्कृतिलाई पहिचानका रुपमा अगाडि लैजानुपर्नेमा जोड दिए ।

वि.सं.२०८० मंसिर ७ बिहीवार १५:११ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...