back
CTIZAN AD

रासायनिक विषादीको विकल्पमा जैविक विषादीको प्रयोग बढाइदै

वि.सं.२०७४ वैशाख १७ आइतवार

831 

shares

 

१७ वैशाख, भद्रपुर । खाद्यान्न एवम् तरकारी बालीमा रासायनिक विषादी प्रयोग घटाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आइपिएम कृषक समूह तोपगाछी झापालाई रु २२ लाख अनुदान बराबरको उपकरण सहयोग प्रदान गरिएको छ ।

विषादीको प्रयोगले मानव जीवनमा आइपर्ने जटिल समस्यालाई न्यूनीकरण गर्ने परियोजनाको लक्ष्यानुरुप सो यन्त्र बाली संरक्षण निर्देशनालयबाट प्रदान गरिएको सुपर जोन कार्यालय झापाका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताउनुभयो ।

प्रयोगशालामा उत्पादन हुने जैविक विषादी झापालगायत अन्य जिल्लाका किसानका लागि पनि अत्यन्त उपयोगी एवम् सहयोगी हुने आइपिएम कृषक समूहका कोषाध्यक्ष टङ्क कट्टेलले जानकारी दिनुभयो । दिन प्रतिदिन बढ्दै गएको विषादी प्रयोगले मानव जीवन खतरामा पर्न लागेको बेलामा जैविक विषादी प्रयोगले बालीनाली तथा तरकारी बाली उपभोक्ताका निम्ति स्वास्थ्यकर मान्न सकिन्छ ।

यसैबीच प्रयोगशालाका भवन निर्माण गर्न स्थानीयवासी ७३ वर्षीय गङ्गाप्रसाद कट्टेलले रु पाँच लाख मूल्य पर्ने जग्गा रु दुई लाखमा दिई सो स्थानमा प्रयोगशाला भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्न सुपर जोन सञ्चालक समितिको निर्णयबाट रु १५ लाख र आइपिएम कृषक समूहको रु दुई लाख गरी रु १७ लाखमा सो भवन निर्माण हुने लागेको हो ।

यसैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ८५ प्रतिशत अनुदानमा सो समूहलाई खेत जोत्न पावर टिलर, आलु रोप्ने यन्त्र र आलु उखेल्ने यन्त्र एक एक थान उपलब्ध गराइएको वरिष्ठ कृषि अधिकृत तिमल्सेनाले बताउनु भयो ।

वि.सं.२०७४ वैशाख १७ आइतवार ०९:३९ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...