back
CTIZAN AD

तरकारी खेतीबाट वार्षिक रु सात लाख बराबरको आम्दानी

वि.सं.२०७४ वैशाख १७ आइतवार

882 

shares

money१७ वैशाख,रामपुर (पाल्पा) । व्यावसायिक तरकारी खेतीबाटै रामपुरकी ज्ञानुमाया कार्कीको जीवन बदलिएको छ । तरकारी खेती सुरु गरेपछि उहाँलाई यतिबेला पैसाको अभाव छैन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोग्नुभएकी उहाँलाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ ।

तरकारी खेतीबाटै अहिले कृषक कार्की समाजमा अगुवा महिलाका रुपमा आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । दिनचर्या तरकारी लगाउने र बेच्ने गर्दैमा बित्ने गर्दछ । बिहान उठ्यो तरकारी बोकेर दिनहुँ बजार पुग्दा पनि आफूलाई पट्यार नलागेको उहाँले बताउनुभयो ।

तरकारी व्यवसायमा धेरै अनुभव लिनुभएकी कार्कीले आफूले सक्दासम्म व्यवसायलाई निरन्तरता दिने प्रयासमा रहनुभएकी उहाँले भन्नुभयो, “तीन छोराछोरीको पढाइ खर्च यसैबाट राम्रोसँग चलाएँ ।” “तरकारीबाटै परिवारको आर्थिक अवस्था पनि मजबुत बन्दै गएको छ”, आफ्नै पाँच रोपनी जग्गामा तरकारी लगाएर वार्षिक रु सात लाखसम्मको आम्दानी लिने गरेको कृषक कार्की बताउनुहुन्छ ।
लामो समयसम्म तरकारी व्यवसायले कार्कीलाई सामान्य रोग किरा र समाधानका उपायसम्बन्धी पनि ज्ञान भएकाले कुनै समस्या आइलागेका बखत कृषि सेवा केन्द्रसम्म पनि धाउन परेको छैन र बजारको राम्रो सुविधा भएकाले व्यवसाय गर्न पनि सजिलो भएको छ ।

बजारमा बेमौसमी उत्पादनले राम्रो मूल्य पाउने र एक किलो तरकारीमा आधाभन्दा बढी नाफा हुने हँुदा उहाँले अहिले बेमौसमी उत्पादनलाई महत्व दिनुभएको छ । कृषक कार्कीको व्यवसाय देखेर गाउँघरका अन्य महिलाले पनि सिको गर्न थालेका छन् । फुर्सदको समय त्यसै दिन बिताएर बस्ने महिलालाई तरकारी खेती गरेर आम्दानी लिन उहाँ सल्लाह दिने गर्नुहुन्छ ।

वि.सं.२०७४ वैशाख १७ आइतवार ०९:४८ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...