back
CTIZAN AD

प्रधानमन्त्रीकप क्रिकेट : डोटीमाथि डडेल्धुराको जित

वि.सं.२०८० पुस १२ बिहीवार

1K 

shares
बैतडी ।  जारी प्रधानमन्त्रीकप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित निकालेको छ ।
प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गरेको हो । जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ दशमलव एक ओभरमा बिना विकेटको क्षतिमा पूरा ग¥यो । त्यसमा विशाल ऐेर ४७ र निशान्त बुढाऐर १७ रनमा अविजित रहे ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर ब्याटिङको निम्ता पाएको डोटी १९ दशमलव चार ओभरमा ६९ रनमा समेटियो । डोटीका कप्तान भोजराज भट्ट र पारस महतले समान १५÷१५ रन बनाए । डडेल्धुराका लागि कप्तान सुरज देउवाले चार र निरज ऐरले तीन विकेट लिए । सुरज खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।
दोस्रो जित निकालेको डडेल्धुराको क्वालिफायर हुने सम्भावना जीवितै रहेको छ । शुक्रबार हुने डोटी र बझाङबीचको खेलले क्वालिफायर हुने टोलीको टुङ्गो लाग्नेछ । बझाङ विजयी भए सोझै क्वालिफायर हुनेछ भने पराजय भए डोटी, डडेल्धुरा र बझाङको कुल रनरेटका आधारमा क्वालिफायरको टुङ्गो लाग्नेछ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको सहआयोजनामा यही पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।  प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि दुई चरणमा छनोट गरिरहेको छ । पहिलो चरणमा बैतडीमा ‘प्लेट च्याम्पियनसिप’ भइरहेको छ । दोस्रो चरणमा कैलालीमा ‘इलिट च्याम्पियनसिप’का खेल हुनेछन् ।
प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा र डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम  सहभागी छन् ।  गतवर्षको प्रदेश छनोटमा सेमिफाइनल पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपको विजेता टोली इलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहराले बताए ।
खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए।
रासस

वि.सं.२०८० पुस १२ बिहीवार २०:४३ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

तीन करोड ७१ लाख खर्चेर पुल निर्माण

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–११ सेहरी–जोकैया भएर बग्ने खोलामा मोटर...