back
CTIZAN AD

वर्षा र हिमपात नहुँदा जुम्लाका किसानले हिउँदेबाली लगाउन सकेनन्

वि.सं.२०८० पुस २२ आइतवार

1.5K 

shares

जुम्ला । हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएकोे तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिए ।

आकाशे पानीकाभरमा रहेका रारावासी समयमा वर्षा नहुँदा हिउँदेखेती गर्न नपाइएला भन्ने चिन्ताले सताएको सोही ठाउँ निवासी सपुरा रावतको गुनासो थियो । सिँचाइ सुविधा नहुँदा राराका करिब दुई सय ८० घरले हिउँदेबाली लगाउन नपाएको वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए । गाउँमा रोजगारीको सम्भावना नहुँदा घरखर्च चलाउनका लागि भारत जानेको रारा गाउँका सङ्ख्या धैरे रहेको उनकोे भनाइ ।

हिउँदयाम लागे पनि वर्षा र हिमपात हुन सकेको छैन । जिल्लाका कतिपय ठाउँमा पानी नपर्दा किसानले हिउँदेबाली लगाउन नसकेको कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए ।

हिउँदमा यहाँका उच्च ठाउँमा लगाइएका खेतीमा वर्षा नहुँदा बाली सुक्न थालेको सम्बद्ध किसानले बताए । जुम्लामा सबैभन्दा चिसो माइनस छ दशमलव छ डिग्री सेल्सियस तापक्रम रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदेबालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान सुनिता पाण्डेले जानकारी दिए ।

हिउँदेबाली लगाउने समयदेखि खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीले जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने सिञ्जा गाउँपालिमा रहेको कृषि शाखाले जनाएको छ ।

वि.सं.२०८० पुस २२ आइतवार १६:१७ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...