back
CTIZAN AD

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

वि.सं.२०८० पुस २२ आइतवार

2.3K 

shares

काठमाडौं । निर्वाचन आयोगले यहि माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

प्रकाशित नामावली अनुसार कोशी प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता सङ्ख्या ९३, तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् ।

सो अनुसार कोशी प्रेशमा प्रदेश सभा सदस्यको मतभार ४९२९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५२०६ गरी जम्मा १० हजार १३५ मतभार कायम हुने आयोगले जनाएको छ ।

त्यस्तै मधेस प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १०७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । सो अनुसार मधेस प्रदेशमा प्रदेश सभा सदस्यको मतभार पाँच हजार ६७१ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार पाँच हजार ७३ गरी जम्मा १० हजार ७४४ मतभार कायम हुनेछ।

बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ११० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २३७ गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन्। सो अनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको मतभार पाँच हजार ८३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार चार हजार ५०३ गरी जम्मा दश हजार ३३३ मतभार कायम हुनेछ।

गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ६० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७० गरी जम्मा २३० जना मतदाता कायम भएका छन्। सो अनुसार गण्डकी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार तीन हजार १८० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३२३० गरी जम्मा ६ हजार ४१० मतभार कायम हुनेछ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य्तर्फको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २१८ गरी जम्मा ३०५ जना मतदाता कायम भएका छन् । सो अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४६११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४,१४२ गरी जम्मा आठ हजार ७५३ मतभार कायम हुनेछ।

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता सङ्ख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १५६ गरी जम्मा १९६ जना मतदाता कायम भएका छन्। सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २१२० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २९६४ गरी जम्मा ५०८४ मतभार कायम हुनेछ।

सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्। सो अनुसार कर्णाली प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २७५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३३३४ गरी जम्मा टज्ञण्ण् मतभार कायम हुनेछ।

 

 

 

वि.सं.२०८० पुस २२ आइतवार १६:१० मा प्रकाशित

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...