back
CTIZAN AD

जङ्गली हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम

वि.सं.२०८० पुस २२ आइतवार

1.2K 

shares

कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका– ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर रातभर जाग्राम बस्दै आएका छन् ।

झण्डै एक महिनादेखि नियमित रुपमा हात्तीको बथान स्थानीय किसानका खेतमा छिरेर गहुँबालीमा व्यापक नोक्सानी पु¥याउँदै आएको छ । हालसम्म तीस भन्दाबढी किसानको १५ बिघा खेतको गहुँबालीमा नोक्सानी गरिसकेको स्थानीयवासी महेश महराले बताए ।

प्रत्येक दिन राति १२ बजे निकुञ्जबाट दशदेखि पन्ध्रको सङ्ख्यामा छावासहितको हात्तीको बथान स्थानीय किसानको खेतमा छिर्ने गरेको उनकोे भनाइ छ । गहुँबालीले पेट भरेर बिहान ४ बजेपछि हात्ती निकुञ्जतर्फ लाग्ने गरेका छन् । “हात्तीको बथान लगातार खेतमा छिर्न थालेपछि भगाउन रातभर जाग्राम बस्नु परेको छ” गोविन्द चौधरीले भने, “एक महिनादेखि राम्ररी सुत्न पाएका छैनौँ ।”

दश कठ्ठा जग्गामा लगाएको गहुँबाली खाएर र खुट्टाले कुल्चेर पूरै नोक्सानी पु¥याएको उनकोे भनाइ छ । “हात्ती निकुञ्जबाट खेतमा छिरेको मात्रै थाहा पाइने गरिएको छ” अर्का किसान डगौराले भने, “थाहा पाउँदासम्म खेतको गहुँबाली खाइसक्छ ।”हात्ती धपाउन स्थानीय बासिन्दाले पालो मिलाएर सुत्ने गरेका छन् । पटाका पड्काउँदासमेत पड्केको ठाउँतर्फ आक्रमण गर्न हात्ती आउने गरेकाले भगाउन निकै सकस रहेको उनी बताउँछन् ।

स्थानीयस्तरमा बन्दुक बनाई पड्काउने, उज्यालो बनाउन बत्ती बाल्ने, आगो बाल्ने, हो हल्ला गर्ने गरेपछि विस्तारै निकुञ्जतर्फ हात्तीको बथान जाने गरेको उनको भनाइ छ । “खेतकै गहुँ बेचेर घरखर्च चल्थ्यो” जीतेन्द्र चौधरीले भने, “वर्षभरिका लागि खान पुग्थ्यो, हात्तीले गहुँका बोटनै उखेलेर खान थालेपछि निकै तनावमा रहेका छौंँ ।”

गहुँ खेतीलाई मात्रै सिँचाइ, जोताइ, मलखाद गरी रु बीस हजार जति खर्च भएको उल्लेख गर्दै उनले खेती गर्दा लागेको खर्च नउठ्दा मजदुरी गर्न जानुपर्ने अवस्था आइलागेको उनले बताए । हात्ती नियन्त्रण गर्न निकुञ्ज कार्यालयलाई गुहार गरेपनि बेवास्ता गरिएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।

“किसानको गहुँबालीमा हात्तीको बथानले निकै ठूलो नोक्सानी गरेको छ” उनले भने, “किसानलाई क्षतिपूर्तिसहित हात्ती नियन्त्रणका लागि भरपर्दो उपाय गरिनुपर्छ ।” स्थानीय किसानले हात्ती नियन्त्रणका लागि साइरन जडानसँगै लाइट, सौर्यबत्ती उपलव्ध गराउनुका साथै मचान निर्माण गरिदिन निकुञ्ज कार्यालयसँग माग गरेका छन् ।

वि.सं.२०८० पुस २२ आइतवार १६:४१ मा प्रकाशित

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द(बैतडी) । महाकाली नदीमा मङ्गलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका...