back
CTIZAN AD

संयुक्त राष्ट्रसङ्घद्वारा युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास

वि.सं.२०८० माघ २ मंगलवार

1.1K 

shares

किभ । संयुक्त राष्ट्र सङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुन: एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।

विशेष गरी, संयुक्त राष्ट्र सङ्घले युक्रेनमा ८.५ मिलियन मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ विलियन डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

रूस-युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ विलियन डलर जुटाउन पनि विश्व निकायको लक्ष्य रहेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा किभले उच्च आशा राखेको बताएको छ ।

उनले आन्तरिक रुपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताएको छ ।

सन् २०२२ को फेब्रवरीदेखि करिब ६.३ मिलियन मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४.९ मिलियन मानिस विस्थापित भएका छन् ।
सिन्ह्वा/फाइल फोटो

वि.सं.२०८० माघ २ मंगलवार १३:१५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...