back
CTIZAN AD

काठमाडौँबासिलाई मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

वि.सं.२०८० माघ ३ बुधवार

1.1K 

shares

काठमाडौँ । पछिल्लो पटक गत सोमबारदेखि काठमाडाँैमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबैमा अपिल गरेको छ ।

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेकी हुन् ।

“मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ । पुराना पाइप लाइनहरु लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि ‘फ्लसिङ’ सँगै क्रमसः सफा पानी प्रवाह हुने भएकाले खानेपानीको गुणस्तरमा शङ्का नगर्न र बाहिरी हल्लाको पछि नलाग्न मन्त्रालय र मन्त्रालय मातहत खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरु सबैमा हार्दिक अपिल गर्दछ”, मन्त्रालयद्वारा आज प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो पटक सोमबारदेखि वितरण गरिएको मेलम्चीको पानी धमिलो आएको र यसको गुणस्तरमा शङ्का लागेको भन्ने समाचार आएपछि मन्त्रालयले आज यो अपिल गरेको हो ।

यसैबीच, मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेकाले कुनै समस्या भएमा सो समितिमा खबर गर्नसमेत सो सूचनामा आग्रह गरिएको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडाँैमा वितरण गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ ।

 

वि.सं.२०८० माघ ३ बुधवार १२:५४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...