back
CTIZAN AD

खजुराको घिया गाउँमा बन्दैछ ‘होमस्टे’

वि.सं.२०८० माघ ३ बुधवार

1.1K 

shares

खजुरा (बाँके) । पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा घरबास ‘होमस्टे’ सहित पर्यटकीयस्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा नं ८ स्थित घियागाउँको मुक्तकमैया बस्तीमा होमस्टे बनाउन लागिएको हो ।

विसं २०६२–६३ को जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै पालिकाले यस वर्ष पूर्वाधार विकास तथा डिपीआर निर्माण गर्न रु २५ लाख बजेट बिनियोजन गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादु विकले जानकारी दिए । पूर्वाधार विकासअन्तर्गत अहिले गाउँमा माघी मेलाको आयोजना गरिएको छ । पालिकाका अध्यक्ष विकले ऐतिहासिक घिया क्रान्तिपुर तालको संरक्षण गर्ने र ताल पर्यटनको विकास गर्दै मुक्त कमैया बस्तीमा होमस्टे निर्माण गरिने बताए ।

उनले देश विदेशका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नेगरी १६ बिघा जग्गामा ताल निर्माण गरी त्यस वरिपरि मुक्त कमैयाहरुले आफैँ सञ्चालन गर्ने गरी होमस्टे बनाइने बताए । यस वर्ष स्थानीय अगुवालाई देशका उत्कृष्ट होमस्टेको भ्रमण गराइने तथा पर्यटनसम्बन्धी तालिम प्रदान गरिने पालिकाको योजना रहेको छ ।

जिल्लाको बैजनाथ र खजुरा गाउँपालिकाको सिमानामा पर्ने घिया तालको विकास र संरक्षण गर्न अन्तरपालिका समन्वय गरिने अध्यक्ष विकले बताए । साबिकको रनियापुर गाविस र हाल खजुरा गाउँपालिका–७ र ८ वडामा सिँचाइ गर्न पुग्ने १६ बिघा क्षेत्रफलको प्राकृतिक ताल हाल अतिक्रमणको चपेटामा परेको छ ।

थारू समुदायको बाहुल्य रहेको घिया र मुस्लिम समुदायको बाक्लो बसोबास रहेको रनियापुरलाई पर्यटनको केन्द्र बनाउन पालिकाले यसै वर्षदेखि बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । फाइल फाेटाे 

 

वि.सं.२०८० माघ ३ बुधवार १५:३६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...