back
CTIZAN AD

भरतपुर महानगरपालिकामा तीन ठूला दलको उम्मेदवारी दर्ता

वि.सं.२०७४ वैशाख १९ मंगलवार

714 

shares

१९ वैशाख,चितवन । भरतपुर महानगरपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट दिनेश कोइराला, नेकपा ९एमाले०का तर्फबाट देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट पार्वती शाह, नेकपा ९एमाले०का तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

कोइरालाको समर्थकमा उद्धव लोहनी र प्रस्तावकमा उत्तम जोशी रहनुभएको छ । ज्ञवालीको प्रस्तावकमा कृष्णभक्त पोखरेल र समर्थकमा विजय सुवेदी रहनुभएको छ । दाहालको प्रस्तावकमा नारायणप्रसाद दाहाल र समर्थकमा सूर्य सुवेदी पथिक रहनुभएको छ ।

सुरुमा माओवादी केन्द्र, त्यसपछि नेकपा ९एमाले० र नेपाली काँग्रेसले पालैपालो उम्मेदवारी दर्ता गराएका थिए । माओवादी केन्द्रभन्दा अघि नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा र राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ प्रमुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको थियो ।

बिहान १०ः३० बजेबाट मनोनयन दर्ता सुरु भएको थियो । मनोनयन दर्ता गर्न दलहरु बाजागाजा र झाँकीसहितको जुलुस लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

जिल्लाका अन्य पाँच नगरपालिका र एक गाउँपालिकामा पनि मनोनयन दर्ता भएका छन् ।

वि.सं.२०७४ वैशाख १९ मंगलवार ११:५३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...