back
CTIZAN AD

नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद कनेक्टिकटको सदस्य नियुक्त

वि.सं.२०८० माघ ५ शुक्रवार

1.6K 

shares

काठमाडौं । अमेरिकाको मूलधारमा कनेक्टिकट राज्यको ब्रान्डफोर्ड शहरमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद सदस्यमा नियुक्त भएका छन् ।
उनलाई जनवरी १७ बुधबारका दिन ब्रान्डफोर्डको बोर्ड अफ सेलेक्टमेन्ट(चयन समिति)ले नियुक्त गरेको हो ।

ब्रान्डफोर्ड शहरको लागि डेमोक्र्याटिकको तर्फबाट श्रेष्ठलाई रिप्रिजेन्टेटेटिभ टाउन मिटिङ्ग अर्थात् आरटिएम (नगर परिसद सदस्य)मा नियुक्त गरिएको हो । आज उनलाई अपरान्ह उक्त शहरमा बसेको बैठकले उनलाई नियुक्त गरेको हो ।

उनलाई ब्रान्डफोर्ड शहरको जिल्ला ४ बाट डेमोक्र्याटिकको तर्फबाट नियुक्त गरिएको छ । उनी सहित त्यही शहरमा नेपाली मूलका कूल ३ जना व्यक्तित्वहरु निर्वाचित तथा नियुक्त भएका छन् । यसरी मूलधारमा काम गर्नेहरुमा व्यवसायी तथा समाजसेवी रामचन्द्र श्रेष्ठ जो अहिले शिक्षा समितिको निर्देशकमा निर्वाचित भएका छन् । राम चन्द्र श्रेष्ठ यो भन्दा अगाडी नगर परिषद सदस्यमा एकपटक मनोनित र २ पटक निर्वाचित भएका थिए । उनि एकै पटक दुईवटा पदमा निर्वाचित भएपछि नगर परिषद सदस्य आरटिएमबाट राजीनामा दिएका थिए ।

अर्का नेपाली मूलका चिरन न्यौपाने पनि नगर परिषद सदस्यमा समेत निर्वाचित भएका छन् भनि रिपब्लिकन दलको तर्फबाट निर्वाचित भएका हुन् । उनि पहिले नियुक्त भएका थिए भने गत निर्वाचनमा आरटिएम अर्थात् नगर परिसद सदस्यमा निर्वाचित भएका छन् ।

को हुन् ज्ञानु श्रेष्ठ ?
श्रेष्ठको जन्म दोलखाको, भिमेश्वर नगरपालिका वडा नम्बर २ (डोकुवली टोल)मा भएको हो । अमेरिकामा सन् २००१ देखी बसोबास गर्दै आएका श्रेष्ठ २००१ देखी २०१० सम्म न्यूयोर्कमा बसे । सन् २०१० देखि अर्थात् बिगत १४ बर्ष कनेक्टिकट राज्यमा परिवार सहित बस्दै आएका छन् ।

काठमाडौँको मेकानिकल ईन्जिनियरिङ थापथली क्याम्पसबाट स्नातक तथा त्रिभुवन बिश्वबिद्यालय बाणिज्यमा स्नातक समेत गरेका छन् । अमेरिका आएपछि उनले स्वेडिश ईन्स्टिच्युट कलेज अफ हेल्थ साइन्स न्युयोर्कबाट मसाज थेरापी (मालिस उपचार )बिषयमा स्नातक गरेका छन् । उनि बिभिन्न सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।

सोसाईटी अफ नेपलिज इन अमेरिका, ब्रान्फोर्ड, कन्नेक्टिकटमा पाँच कार्यकल (अर्थात् १० बर्ष) प्रविधि निर्देशकको पदमा आफ्नो जिम्मेवार पूरा गरे । यसको साथै अमेरिकी नेपाली महोत्सव २०२३ को मूल समारोह समितिमा रहेर कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान गरे ।

उनि ब्रान्डफोर्ड शहर मै बिगत १४ बर्ष देखी स्पा व्यवसाय (खनिज जलीय शृंगारगृह) को ब्यबसायमा संलग्न रहेका छन् । उनि सहित अमेरिकामा हालसम्म दर्जनौ नेपालीहरुको राजनीतिमा प्रवेश गरेका छन् ।

नगर परिषदमा मात्रै करिव आधा दर्जन नेपालीहरु मुलधारमा प्रवेश गरेका छन् । यो क्रम बढ्दो छ । तर अमेरिकी मूलधारमा आधा दर्जन पराजित पनि भएका छन् ।

अमेरिकामा मुलधारमा खाता खोल्ने मेरील्याण्ड राज्यको इन्डियन हेड शहरका लागि उपप्रमुख किरण सिटौला हुन् । त्यसपछि अमेरिकी इतिहासमा पहिलोपटक मेरिल्याण्ड राज्यबाट बिधान सभा सदस्य अर्थात् सांसद हुने पहिलो व्यक्ति डा ह्यारी भण्डारी हुन् । उनि २ पटक बिजयी भएका छन् भने अहिले पनि उनि सांसद हुन् । यसैगरी न्यूयोर्कबाट पनि सांसद पदमा सराह्रना श्रेष्ठले खाता खोल्दै पहिलो जनप्रतिनिधि हुने अवसर पाएकी छिन । उनि अमेरिकामा नेपाली महिलाको तर्फबाट सांसद पदमा निर्वाचित हुने पहिलो महिला हुन् र न्यूयोर्क राज्यमै सांसद हुने पहिलो नेपाली हुन् ।

वि.सं.२०८० माघ ५ शुक्रवार १३:३९ मा प्रकाशित

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...