काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मूनाफमा गिरावट आएको छ ।
बैंकले सार्बजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पुषसम्ममा बैंकको मूनाफमा १३.६२ प्रतिशतले गिरावट आएको हो ।
पुषसम्ममा बैंकले एक अर्ब ८० करोड १९ लाख ४४ हजार खुदनाफा कमाएकाे थियो । गतआर्थिक वर्षको सोहि अवधिको तुलनामा २८ करोड ४३ लाख ६३ हजार रुपैंयाँले कम हो । गतवर्ष बैंकले दुई अर्ब आठ करोड ६३ लाख७सातहजार नाफा कमाएको थियो ।
त्यस्तै बैंकले यो अवधिमा सात अर्ब ७४ करोड ३८ लाख २८ हजार रुपैयाँ ब्याजवापत आम्दानी गरेको छ । गतवर्ष बैंकको ब्याजवापतको आम्दानी ४ अर्ब १८ करोड ६३ लाख ६४ हजार रुपैंया रहेको थियो । बैंकको खराव कर्जामा वृद्धि भएको कारण व्याजमा भएको आम्दानी सोधभर्नाको लागि प्रोभिजन गर्नुपर्दा व्याजमा आम्दानी भए पनि खुद आम्दानी घटेको देखिन्छ ।
चालु आर्थिका वर्षको छ महिनामा बैंकले व्याज वापतको आम्दानीमा उल्लेख्य बृद्धि गरेता पनि उसको आम्दानीमा भने गिरावट आएको छ । उसको ब्याज वापतको आम्दानी गत वर्षको भन्दा तीन अर्ब २९ करोडले बढी छ ।
अहिले बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रहेको छ भने उसको जगेडाकोषमा २६ अर्ब सात करोड ६७ लाख रुपैंया रहेको छ ।
त्यसैगरि छ महिनाको अवधिमा बैंकले तीनखर्ब ८९ अर्ब तीन करोड ४६ लाखनिक्षेप संकलनगर्दा तीनखर्ब १२ अर्ब ६० करोड ७४ लाख रुपैंया कर्जा प्रवाह गरेको जनाएको छ ।
यो अवधिमा बैंकको खराबकर्जामा पनि उल्लेख्य बृद्धि देखिएको छ । गतबर्ष ३.७१ प्रतिशत रहेको बैंकको खराबकर्जा चालु आर्थिक वर्षको सोहि अवधिमा १.०४ प्रतिशतले बढेर ४.७५ प्रतिशतपुगेको छ ।
त्यस्तै बैंकको प्रतिशेयर आम्दानी १०.६ रुपैंयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७०.७ रुपैंया रहेको बैंकले जनाएको छ ।
वि.सं.२०८० माघ ७ आइतवार १३:१८ मा प्रकाशित






























